मंगलबार, भदौ २, २०८३

मलद्वारमा लुकाउँदै सुन तस्करी

मलद्वारमा लुकाएर ६०० ग्राम सुन ल्याउँदै गरेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
 |  बुधबार, पुस २३, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०७६

काठमाडौं - मलद्वारमा लुकाएर ६०० ग्राम सुन ल्याउँदै गरेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीकाअनुसार पक्राउ पर्नेमा भारतीय नागरिक मोहम्मद तोसिद रहेका छन्। थाई एयरलाइन्सबाट विमानस्थलमा उत्रिएका तोसिदलाई सुनसहित नियन्त्रणमा लिइएको अपराध महाशाखाका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिए।

तोसिदले शंकास्पद व्यवहार देखाएपछि नियन्त्रणमा लिई काठमाडौं मेडिकल कलेजमा एक्सरे गर्दा मलद्वारमा लुकाएको सुन भेटिएको एसएसपी थापाले बताए। उनले दुईवटा प्लास्टिकको पोकामा बेरेर तीन/तीन सय ग्राम सुन धुलो पारेर मलद्वारमा राखेको भेटिएको थापाले जानकारी दिए।

पुस महिनामा मात्र मलद्वारमा सुन र हिरा लुकाएर ल्याउँदै गरेको अवस्थामा विमानस्थलबाट पक्राउ पर्ने तोसिद छैटौं भारतीय नागरिक हुन्। गत आइतबार मलद्वारमा सुन र हिरा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले कोत्ताकुथ किजाकेथिल नौशद र मोहमद मेदिन सथालीलाई पक्राउ गरेको थियो।

कोत्ताकुथ सारजाहबाट एयर अरेबियामा र सथाली मलेसियाबाट आएका थिए। सथालीले दुई सय ग्राम हिरा पेटमा राखेको र सथालीले पाँच सय ग्राम सुन मलद्वारमा राखेका थिए।

यस्तै शुक्रबार विमानस्थलबाटै दुई जना भारतीय एक किलो सुन तस्करी गर्दैगर्दा पक्राउ परे। कतारको दोहाबाट एयर अरेबियाको विमानमा नेपाल आएका भारतको महाराष्ट्रका नविन गोपीचन्द र भारत सुरेशलाललाई प्रहरीले पक्राउ ग‍र्‍यो। विमानस्थलको भन्सार क्षेत्रमा शंका लागेपछि चेक गर्दा ६ वटा क्याप्सुल बनाएर मलद्वारमा लुकाइराखेको अवस्थामा एक किलो सुनसहित उनीहरुलाई विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको थियो।

यस्तै पुस १५ गते भारतको महाराष्ट्र बस्ने हरिराम सुनिललाई आधा किलो सुनसहित प्रहरीले पक्राउ गर्‍यो। दुबई एयरलाइन्सबाट नेपाल आएका सुनिलको साथमा आधा किलो सुन भेटिएको थियो।

अध्यागमन विभाग, प्रहरी र भन्सार विभागले एक वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४० किलो सुन बरामद गरेको छ भने ९८ जना तस्करलाई पक्राउ गरेको छ।

प्रकाशित: Jan 08, 2020| 13:13 बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।