बुधबार, चैत ११, २०८२

सीमामा चोरीतस्करी नियन्त्रणमा सशस्त्र सक्रिय

सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीबल सक्रिय देखिएको छ । सीमा जोडिएको रुपन्देहीको भूगोलमा सशस्त्र प्रहरीले चोरी तस्करी नियन्त्रणमा सक्रियता देखाएको हो ।
 |  बुधबार, पुस २३, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०७६

भैरहवा । सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीबल सक्रिय देखिएको छ । सीमा जोडिएको रुपन्देहीको भूगोलमा सशस्त्र प्रहरीले चोरी तस्करी नियन्त्रणमा सक्रियता देखाएको हो ।

National life

सशस्त्र प्रहरी बल २७ नम्बर गण रुपन्देहीका गणपति प्रहरी उपरीक्षक तेज प्रसाद पोख्रेलका अनुसार सीमा अपराध नियन्त्रणमा जिल्लाका चार वटा विओपी, ५ वटा बेस र ३ वटा गुल्ममा रहेका पाँच सय जना सशस्त्र प्रहरीका अधिकृत तथा जवान २४ सै घण्टा तयारी अवस्थामा रहेका छन् । पोखरेलले भने, ‘सीमा अपराध, चोरी पैठारी नियन्त्रणमा हामी अलर्ट अवस्थामा छौं ।’

सशस्त्र प्रहरीले सीमामा हुने अवैध क्रियाकलाप रोक्न सक्रियता देखाएसँगै हप्ता दिनमै लाखौं मूल्यको समान बरामद गरेको छ । मंगलबारमात्रै सशस्त्र प्रहरी बल विओपी पजरकट्टिले ९ लाख ८२ हजार १ सय ५० रुपैयाँ बराबरको कपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल पजरकट्टिका रेशम रोक्काको कमान्डमा खटिएको मोबाइल टोलीले रोहिणी गाउँपालिका वडा नम्बर २ मैनिहवाबाट १० बोरा कपडा बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक सुशीलबाबु पन्तले बताए ।

यता सशस्त्र प्रहरी बल नेपाल नं. ३८ गुल्म राजस्व भन्सार सुरक्षा गस्तीको टोलीले पनि पिबी ११ ए डब्लु २८९९ नम्बरको भारतीय नम्बर प्लेटको फोर्ड ब्रान्डको कारसहित मोटरपार्टसका सामानहरु बरामद गरी भैरहवा भन्सार कार्यालय वेलहियामा बुझाइएको बताएको छ । राजस्व भन्सार सुरक्षा गस्तीले बरामद गरेको भन्सार मूल्य ११ लाख १३ हजार रहेको छ ।

Laxmi sunrise bank
kumari

यसैगरी गुल्म २७ नम्बरबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. ६ गल्लामण्डी ईलाकामा चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी लु १ च ७१६८ नं. को बलेरो सिंगल पिकअप प्राईभेट गाडीमा नेपाल तर्फ ल्याउँदै गरेको विभिन्न हार्ड वयरका सामानहरु बरामद गरेको छ ।

गाडीका चालक २२ वर्षिय भोला निसाद सहित ९ लाख २४ हजार ६ सय मूल्य बराबरको सामान भन्सार पठाइएको छ । यसैगरी भारतबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको बुलेट मोटरसाइकलमा प्रयोग हुने २०० लिटर (१० कार्टुन) मोबिल बरामद गरी भन्सार कार्यालय दाखिला गरेको छ ।

 

प्रकाशित: Jan 08, 2020| 10:53 बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।