मंगलबार, भदौ २, २०८३

केटासँग लामो समय फोनमा बोलेको निहुँमा छोरीको हत्या

पर्साको पोखरिया नगरपालिका–९ की १५ वर्षीया पुनिता महतोको हत्या केटासँग फोनमा कुरा गरेकै कारणले अभिभावकबाट नै भएको खुलेको छ।
 |  बुधबार, पुस २३, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०७६

काठमाडौं- पर्साको पोखरिया नगरपालिका–९ की १५ वर्षीया पुनिता महतोको हत्या केटासँग फोनमा कुरा गरेकै कारणले अभिभावकबाट नै भएको खुलेको छ।

सोही घरमा ट्रेक्टर चालक रहेका जितेन्द्र यादवले प्रहरीलाई दिएको जानकारी अनुसार पुनिताले लामो समय फोनमा कुराकानी गरेको निहुँमा बाबु–आमा र आफन्तले कुटपिट गरी हत्या गरेका हुन्।

‘पुनिताले लामो समय केटासँग फोनमा कुरा गरेको भेटेपछि बाबु आमाले कुटपिट गरे त्यसमा छिमेकीहरु पनि संलग्न थिए’ जितेन्द्रले प्रहरी समक्ष भनेका छन्’ एक प्रहरी अधिकृतले भने, ‘कुटपिटबाट ज्यान गएपछि आधा जलाएर गाडिएको रहेछ।’

स्थानीयले प्रहरीलाई दिएको जानकारी अनुसार हत्यापछि घरदेखि झन्डै दुईसय मिटर टाढा लगेर शव परिवारले नै जलायो।

जल्न बाँकी शव खाल्टो खनेर गाडेको अवस्थामा प्रहरीले फेला पारेपछि हत्या आरोपमा पुनिताकी आमा, काका र अन्य दुई जनालाई पक्राउ गरेको छ। पुनिताका बाबु वीरेन्द्र महतो फरार छन्।

कक्षा ६ मा पढ्दै गरेकी १५ वर्षीया पुनिता करिव तीन सातादेखि वेपत्ता थिइन्। तर, परिवारले प्रहरीमा जानकारी नै दिएको थिएन।

पुनिता हराएको हल्ला चलेपछि प्रहरीले अनुसन्धान थालेको थियो। परिवारले उनी भारतस्थित मावली घरमा गएको झुटा जानकारी प्रहरीलाई दिँदै आएको प्रहरी उपरीक्षक सोमेन्द्र राठौरले सुनाए।

‘परिवारले भनेको कुरामा विश्वास गर्ने अवस्था नभएपछि परिवारमाथि निगरानी बढाइयो’ राठौरले भने, ‘घटनाक्रम हेर्दा शंका गर्ने ठाउँ प्रसस्तै देखियो नभन्दै हत्या पश्चात आधा मात्र जलाएर गाडेको भेटियो।’ पक्राउ गरिएकाहरुसँग बयान लिने कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 08, 2020| 09:16 बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।