मंगलबार, भदौ २, २०८३

देउवाले चिया खान निवासमै बोलाए जिल्ला सभापतिहरुलाई

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुलाई आफ्नो निवास बूढानीलकण्ठमा चिया खान बोलाएका छन्।
 |  बुधबार, पुस २३, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०७६

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुलाई आफ्नो निवास बूढानीलकण्ठमा 'चिया खान' बोलाएका छन्।

संस्थापन इतर समूहको अगुवाइमा जिल्ला सभापतिहरु तीन दिनदेखि पार्टी कार्यालयमा छलफलमा जुटेका बेला देउवाले सभापतिहरुलाई बिहीबार बिहान आफ्नो निवास बूढानीलकण्ठमा बोलाएका हुन्।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले देउवाले जिल्ला सभापतिहरुलाई बिहान १० बजे निवासमा बोलाएको बताए।

संस्थापन इतर पक्षले पार्टीमा उत्पन्न पछिल्लो विवादबारे आफू निकटका जिल्ला सभापतिसँग पराशर्म गर्न भेला बाेलाएकाे थियाे, जसमा संस्थापन इतर समूहका ४३ जिल्लाका जिल्ला सभापतिहरुको सहभागिता थियो।

देउवासँगको भेटका क्रममा जिल्ला सभापतिहरुले सानेपा भेलाबाट जारी हुने घोषणापत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको एक जिल्ला सभापतिले जानकारी दिए।

सहमतिबिनै संस्थापन पक्षले पुस ११ गतेको केन्द्रीय समिति बैठकबाट बहुमतका आधारमा महाधिवेशनको कार्यतालिकासहित विभिन्न सांगठनिक विषयमा निर्णय लिएपछि असन्तुष्ट पक्षले जिल्ला सभापतिहरुको भेला बोलाएको हो।

 

प्रकाशित: Jan 08, 2020| 11:56 बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।