मंगलबार, भदौ २, २०८३

इरानमाथि तत्काल सैन्य आक्रमण नगर्ने ट्रम्पको संकेत

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्दै इरानमाथि तत्काल सैन्य आक्रमण नगर्ने संकेत गरेका छन्।
 |  बुधबार, पुस २३, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०७६

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्दै इरानमाथि तत्काल सैन्य आक्रमण नगर्ने संकेत गरेका छन्।

इराकमा रहेका अमेरिकी सैन्य अड्डामा इरानले गरेको आक्रमणपछि अमेरिका–इरानमा सैन्य युद्ध चर्किने र त्यसले विश्वमा जटिल परिस्थिति निम्त्याउन सक्ने अड्कल काटिएको थियो ।

हाललाई त्यो संभावना टरेको छ– ट्रम्पले केही बेरअघि मात्र गरेको सम्बोधनबाट। बरु उनले इरानलाई आतंकवादी गतिविधिबाट टाढै रहन चेतावनी दिंदै इरानमाथि कडा आर्थिक प्रतिवन्ध लगाइने घोषणा गरेका छन्।

सम्बोधनमा ट्रम्पले इरानी आक्रमणबाट अमेरिकी सैन्य अड्डामा केही क्षति पुगे पनि कोही अमेरिकी सैनिक नमारिएको बताए ।

उनले इरानी सैन्य कमाण्डर जनरल कासिम सुलेमानी धेरै पहिले नै मारिनुपर्ने भन्दै सुलेमानीले आतंकवादीहरुलाई प्रशिक्षण दिएको, मध्यपूर्वमा गृहयुद्ध मच्चाएको, अमेरिकी दूतावासमाथि आक्रमण गराएको आरोप लगाए ।

सुलेमानीले अमेरिकीविरुद्ध थप आक्रमणको तयारी गरेकाले उनलाई अमेरिकाले मारेको ट्रम्पको जिकिर छ।

गत शुक्रबार अमेरिकी ड्रोन आक्रमणबाट इरानी सैन्य कमाण्डर कासिम सुलेमानी मारिएका थिए। त्यसको जवाफमा इरानले मंगलबारी राति इराकस्थित अमेरिकी सैन्य अखाडामा मिसाइल आक्रमण गरेको थियो।

उक्त आक्रमणमा ८० अमेरिकी सैनिक मारिएको इरानले दाबी गरे पनि ट्रम्पले भने एकजना पनि अमेरिकी सैनिक नमारिएको बताए।

यसअघि इरानका राष्ट्रपति हसन रुहानीले मध्यपूर्वबाट सबै अमेरिकी सेना हटाउने चेतावनी दिएका थिए।

यद्यपि, उनले सुलेमानीको हत्याको बदलामा मंगलबार अमेरिकी सैन्य अखाडामा गरिएको आक्रमण नै अन्तिम जवाफ भएको बताएका थिए।

प्रकाशित: Jan 08, 2020| 23:46 बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।