मंगलबार, भदौ २, २०८३

दुई दिनमा भत्काइयो ९३ छाउगोठ

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले जिल्लाका पश्चिम क्षेत्रमा रहेका विभिन्न स्थानीय तहमा रहेका ९३ छाउगोठ भत्काएको छ ।
 |  बुधबार, पुस २३, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०७६

दैलेख– जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले जिल्लाका पश्चिम क्षेत्रमा रहेका विभिन्न स्थानीय तहमा रहेका ९३ छाउगोठ भत्काएको छ ।

जिल्लाको पश्चिममा समस्याका रुपमा रहेको छाउप्रथालाई निरुत्साहित गर्न सरकारले थालेको छाउगोठ भत्काउने अभियानअन्तर्गत आठबीस नगरपालिकाको राकम बजार, ठाटीकाँध गाउँपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाका विभिन्न स्थानमा ९३ बढी छाउगोठ भत्काइएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्र क्षेत्रीले जानकारी दिए ।

प्रहरी निरीक्षक उपेन्द्र आचार्य र सहायक प्रमुख जिल्ला क्षेत्रीसहितको संयुक्त टोलीले विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सोमबारबाट गोठ भत्काउने अभियान थालेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीका अनुसार आठबीस २०, चामुण्डाबिन्द्रासैनीमा ४६ र अन्य विभिन्न स्थानीय तहमा २७ छाउगोठ मङ्गलबार साँझसम्म भत्काइएको छ ।

सोमबार र मङ्गलबार विभिन्न स्थानमा खटिएका प्रहरीको टोलीले छाउगोठ भत्काएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले छाउगोठ भत्काएपछि कतिपय महिला अहिले पनि गाई वा भैंसी गोठमा बस्ने गरेका भन्ने जानकारी प्राप्त भएकाले यसको पुनः अनुगमन गरेर समस्या समाधानका लागि पहल गर्ने बताए ।

रासस

प्रकाशित: Jan 08, 2020| 11:32 बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।