मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सूचना प्रविधि विधेयक तत्काल फिर्ता लिन साझा पार्टीको माग

सूचना प्रविधि विधेयक तत्काल फिर्ता लिन साझा पार्टीको माग

प्रस्तावित सूचना प्रविधि विधेयक तत्काल फिर्ता लिन साझा पार्टीले माग गरेको छ।
 |  बुधबार, पुस २३, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०७६

काठमाडौं- प्रस्तावित सूचना प्रविधि विधेयक तत्काल फिर्ता लिन साझा पार्टीले माग गरेको छ।

संसदको विकास तथा प्रविधि समितिबाट गत हप्ता बहुमतका आधारमा पारित भएको विधेयक नेपालको संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथकीकरणको सिद्धान्त र समग्रमा लोकतन्त्रको मर्मकै प्रतिकुल रहेको भन्दै सो पार्टीले विधेयक तत्काल फिर्ता हुनुपर्ने माग गरेको हो।

बुधबार पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यले एक विज्ञप्ती जारी गर्दै यो विधेयकले सामाजिक सञ्जालको प्रयोगमा नियमन होइन नियन्त्रण नै गर्न खोजेको आरोप लगाएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘यो विधेयक पारित भएको खण्डमा सामाजिक सञ्जालको प्रयोगमा समेत नियमन होइन स्पष्टरूपमा नियन्त्रण लागू हुनेछ। तसर्थ, साझा पार्टी प्रस्तावित सूचना प्रविधि विधेयक तुरून्त फिर्ता गर्न, विज्ञहरूसँग राय सल्लाह लिन र संसोधित विधेयक तयार पार्न सरकारसँग जोडदार माग गर्दछ।’

साझा पार्टीले उदार लोकतन्त्रको अवधारणालाई वर्तमान सरकारले अनुदार लोकतन्त्रतर्फ उन्मुख गराउन खोजेको आरोप पनि लगाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘दशकौँको संघर्षपछि प्राप्त ‘उदार लोकतन्त्र’ को अवधारणालाई सत्ताशिन भएदेखि नै ‘अनुदार लोकतन्त्र’ तर्फ उन्मूख गराउँदै आफू, आफ्नो पार्टी, आफ्ना आसेपासेहरूको हीत र आम सर्वसाधारणको अहित हुने काम कम्युनिस्ट सरकारले बारम्बार गर्दै आएको छ।’

सो पार्टीले यो विधेयक फिर्ता नलिइएमा आम सर्वसाधारण, नागरिक समाज, विपक्षी राजनीतिक दलहरू, संचार माध्यम सबै एक भएर सडकमा ओर्लनुको विकल्प नरहनेसमेत स्पष्ट पारेको छ।

साझा पार्टीकाे विज्ञप्ति

प्रेस विज्ञप्ती: सूचना प्रविधि विधेयकबारे

प्रस्तावित सूचना प्रविधि विधेयक नेपालको संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथकीकरणको शिद्धान्त र समग्रमा लोकतन्त्रको मर्मकै प्रतिकूल रहेको भनि व्यापक विरोध हुँदाहुँदै पनि सरकारले उक्त विधेयक फिर्ता नलिनु अत्यन्तै खेदजनक छ।

दशकौँको संघर्षपछि प्राप्त ‘उदार लोकतन्त्र’को अवधारणालाई सत्ताशिन भएदेखि नै ‘अनुदार लोकतन्त्र’ तर्फ उन्मूख गराउँदै आफू, आफ्नो पार्टी, आफ्ना आसेपासेहरूको हीत र आम सर्वसाधारणको अहित हुने काम कम्युनिस्ट सरकारले बारम्बार गर्दै आएको छ।

सरकारले लोकतन्त्रलाई देखाउने मोहोडाको रूपमा प्रयोग गर्ने र शक्ति केन्द्रीकृत गर्दै सत्ता र समाजमाथिको पकड मजबुत बनाउने दुष्प्रयास गरिरहेको छ। त्यसैको पछिल्लो कडी स्वरूप आएको सुचना प्रविधि विधेयकले न्यायपालिकाको अधिकारलाई कार्यपालिकाको परिधिभित्र ल्याउने प्रस्ताव गरेको छ।

साथै, वर्तमान छापाखाना तथा प्रकाशन ऐन, राज्य विरूद्धको अपराध ऐन, विद्युतीय कारोबार ऐन र गाली बेइजज्जतीसम्बन्धी कसुरमा भएको सजायाहरूभन्दा नयाँ ल्याइएको विधेयका सजायाहरू असामान्य र अत्यधिक छन्।

यो विधेयक पारित भएको खण्डमा सामाजिक सञ्जालको प्रयोगमा समेत नियमन होइन स्पष्टरूपमा नियन्त्रण लागू हुनेछ। तसर्थ, साझा पार्टी प्रस्तावित सूचना प्रविधि विधेयक तुरून्त फिर्ता गर्न, विज्ञहरूसँग राय सल्लाह लिन र संसोधित विधेयक तयार पार्न सरकारसँग जोडदार माग गर्दछ।

अन्यथा, आम सर्वसाधारण, नागरिक समाज, विपक्षी राजनीतिक दलहरू, संचार माध्यम सबै एक भएर उक्त विधेयकका विरूद्ध सडकमा ओर्लनुको विकल्प हुने छैन।


डा. सूर्यराज आचार्य
प्रवक्ता
साझा पार्टी
मिति: २३ पुष २०७६

प्रकाशित: Jan 08, 2020| 08:53 बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।