मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुर्गा प्रसाईंले २० करोड घुसको झुटा आरोप लगाएः चिकित्सा शिक्षा आयोग उपाध्यक्ष गिरी

दुर्गा प्रसाईंले २० करोड घुसको झुटा आरोप लगाएः चिकित्सा शिक्षा आयोग उपाध्यक्ष गिरी

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले आफूमाथि लगाएको २० करोड घुसको आरोप निराधार रहेको बताएका छन् ।
 |  बुधबार, पुस २३, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०७६

काठमाडौं- चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले आफूमाथि लगाएको २० करोड घुसको आरोप निराधार रहेको बताएका छन् ।

बुधबार काठमाडौंको सुविधानगरमा पत्रकार सम्मेलन गरी डा गिरीले भने, “त्यसको पुष्ट्याईं गर्न म सम्वद्ध व्यक्तिलाई चुनौती दिन्छु। समाचारमा उल्लेख भएजस्तो म कसैलाई पनि भेट्न द्वारिका होटलमा गएको छैन। यसको कानुनी उपचारको बाटो अवलम्वन गर्ने नै छु।”

झापाको बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउन चिकित्सा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले आफूसँग २० करोड रुपैयाँ मागेको आरोप लगाएका थिए।

प्रसाईंले बानेश्वरमा पत्रकार सम्मेलन गरी गिरीले आफूलाई द्वारिका होटलमा बोलाएर २० करोड रुपैयाँ मागेको आरोप लगाएका हुन्।

उनका अनुसार बिएण्डसीलाई सम्बन्धन माग्दै निवेदन लिएर मंसिर १५ गते प्रसाईं चिकित्सा शिक्षा आयोगमा पुगेका थिए। तर उनलाई गिरीले साँझ द्वारिका होटलमा बोलाए। प्रसाईंको दाबी अनुसार होटेलमा गिरीले उनीसँग सम्बन्धनका लागि २० करोड रुपैयाँ मागेका थिए।

आफूले सो रकम दिन नसक्ने भनेपछि गिरीले सम्बन्धनको निवेदन नै दर्ता गर्न नमानेको प्रसाईंको दाबी छ।

यता डा गिरीले भने २० करोडको कुरा आफूले समाचारमा पढेपछि आश्चर्यचकित भएको बताए । उनले आफू दशौं वर्षदेखि द्वारिका होटेलमा नगएको बताए ।

उनले भने,  "एक महिना अगाडि आयोगमा दुर्गा प्रसाईं आउनुभएको थियो त्यसबेला डकुमेन्ट नपुगेर फिर्ता गरिएको हो।"

प्रकाशित: Jan 08, 2020| 11:11 बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।