मंगलबार, भदौ २, २०८३

रुकुमपश्चिममा जिप दुर्घटना, तीनको अवस्था गम्भीर

रुकुमपश्चिममा बुधबार भएको जीप दुर्घटनामा १२ जना घाइते भएका छन्।
 |  बुधबार, पुस २३, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०७६

सुर्खेत – रुकुमपश्चिममा बुधबार भएको जीप दुर्घटनामा १२ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। रुकुमपश्चिमा निमित्त प्रहरी प्रमुख कविराज रोकायका अनुसार डोल्पा ठूलीभेरी नगरपालिका-५ का ५२ वर्षीय चन्द्रबहादुर रोकाय, डोल्पाकै मुड्केचुला गाउँपालिका–७, का २३ वर्षीय राज बुढा र १८ वर्षीय आर्यन बुढा गम्भीर घाइते भएका छन्। घाइतेहरुको आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

डोल्पाको खदाङबाट रुकुम पश्चिमको गोतामकोटतर्फ आइरहेको ग१ज ५२०१ नम्बरको जिप जाजरकोट-डोल्पा सडकखण्ड अन्तरगत रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–६, को मनकाबगरमा दुर्घटना भएको हो। ब्रेक फेल भई दुर्घटना भएको हुनसक्ने प्रहरी अनुमान छ। जिप सडकबाट ६० मिटर तल ठूलीभेरी नदीको किनारमा खसेको छ। जीपका चालक तिलक विक भने फरार रहेका छन्।

प्रकाशित: Jan 08, 2020| 09:31 बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।