मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनकपुर मेयर-पत्रकार विवाद प्रकरण: दुवै पक्ष आन्दोलित

जनकपुर मेयर-पत्रकार विवाद प्रकरण: दुवै पक्ष आन्दोलित

जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा भएको पत्रकार हातपात प्रकरणमा पत्रकार र उपमहानगरपालिका दुबैले घटनाको छानबीन गरी दोषिलाई कार्वाही गर्न माग गरेका छन् ।
 |  बुधबार, पुस २३, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०७६

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा भएको पत्रकार हातपात प्रकरणमा पत्रकार र उपमहानगरपालिका दुवैले घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेका छन् ।

पत्रकारहरुमाथि कुटपिट भएको भन्दै पत्रकार महासंघ धनुषा शाखाले र पत्रकारले दुर्व्यवहार गरेको भन्दै उपमहानगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका छन्।

उपमहानगरका जनप्रतिनिधि र कर्मचारीसहितको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाएकाे थियाे भने केहीबेर धर्नासमेत दिएका थिए।

मंगलबार केही पत्रकारहरुले जनकपुरधामका मेयर लालकिशाेर साहसँग दुर्व्यवहार गरेको, नगरपालिकाका कर्मचारीलाई धम्काएको र त्यसक्रममा महिला कर्मचारीमाथि पनि कुटपिट भएको समेत उनीहरुले आरोप लगाएका छन्।

यससम्बन्धमा नगरपालिकाका मेयर लालकिशोर साहले नेपाल पत्रकार महासंघले केन्द्रीय स्तरबाट समेत यस घटनाको छानविन गर्नुपर्ने बताए।

उनले भने, “केही पत्रकारहरुले ब्ल्याकमेल गर्ने, धम्की दिने काम गरेका छन्, उनीहरुलाई कारवाही हुनुपर्छ । मंगलबारको घटनामा म दोषि देखिए कार्वाही भोग्न तयार छु।”

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै ।

यता नेपाल पत्रकार महासंघ धनुषा शाखाले मेयर लालकिशोर साहको उपस्थितिमा पत्रकारहरुमाथि कुटपिट भएको भन्दै दोषीमाथि कारवाहीको माग गरी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयललाई ज्ञापनपत्र बुझाएको छ ।

पत्रकारहरुले बुझाएको ज्ञापनपत्रमा पत्रकारहरुमाथि आक्रमण, हुलहुज्जत र क्यामरा, मोबाइललगायतका उपकरण लुट्ने व्यक्तिमाथि कानुनअनुसार कारवाही गर्न, घाइते पत्रकारहरुको उपचार खर्च व्यहोर्न र उपकरणमा भएको क्षतिपूर्ति असुल गर्नका साथै जानकी मन्दिर फूलबारी अतिक्रमणमा संलग्नहरुलाई कारवाही गर्न माग गरिएको छ।

त्यसैगरी प्रत्येक स्थानीय तहमा सूचना अधिकारी नियुक्त हुनुपर्ने पनि महासंघको माग छ ।

ज्ञापनपत्र बुझाउँदै पत्रकारहरुले ‘जानकी मन्दिर फूलबारी अतिक्रमणको विषयमा प्रतिक्रिया लिन गएका पत्रकारहरुलाई मंगलबार मेयरकै कार्यकक्षमा नगर प्रहरी, कर्मचारी, समर्थकलगायतका व्यक्तिबाट आक्रमण तथा कुटपिट भएको’ प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललाई सुनाएका थिए ।

महासंघले उपमहानगरपालिकामा जडान भएको सीसीटिभी फुटेज र पत्रकारसँग सुरक्षित भिडियो हेरी दोषीलाई पहिचान गरी तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेको छ।

महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले भने, “पत्रकारहरुले महिलामाथि दुर्व्यवहार गरेको नगरपालिकाले आरोप लगाएको छ, घटनाको छानबिन गरी सत्य सावित भए कारबाही भोग्न पत्रकार तयार छन्।”

यता उपमहानगरपालिकाका कर्मचारीहरुले पनि दोषी पत्रकारमाथि कारबाहीको माग गरेका छन्।

यो पनि: जनकपुरमा मेयरकै अगाडि पत्रकारहरुमाथि हातपात

प्रकाशित: Jan 08, 2020| 12:19 बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।