जनकपुरधाम– प्रादेशिक अस्पताल जनकपुरमा कोरोना जाँच गर्न पीसीआर मेसिन जडान गर्ने काम सुरु भएको छ । मेसिन आइपुगेको तेस्रो दिन विहिबार अस्पतालमा पीसीआर जडान गर्ने काम सुरु भएको हो ।
आज (बिहीबार)देखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट कोरोना भाइरसको परीक्षण सुरु भएको छ । वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पताल कालागाउँमा कोरोना भाइरसको संक्रमण भए–नभएको परीक्षण सुरु भएको हो ।
जनकपुरधाम– कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले देशभर ‘लकडाउन’ गरेको छ । भीडभाड हुन नदिन बजार, पसल, यातायात पूर्ण रुपले ठप्प छ । सरकारले ‘लडकाउन’ अवधिभर सबैलाई घरभित्रै बस्न भनेको...
६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। गुल्मीको मुसिकोट नगरपालिका–६ कुर्घाका २० वर्षीय प्रेम गुरुङलाई बालिका बलात्कार गरेको अभियोगमा बुधबार साँझ प्रहरीले पक्राउ गरेको...
सुर्खेतबाट तीन जना थुनुवा फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका तीन जना थुनुवाहरु फरार भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिनाले पुष्टि गरे। उनका...
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले देशका सबै जिल्लामा नमुना परीक्षण गर्न दौडाहा टोली बनाएर काम थालिहाल्नुपर्ने बताए।
सुदूरपश्चिम प्रदेशमा भारतसहित तेस्रो मुलुकबाट आएका एक हजार बढी व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका नौ जिल्लाका एक हजार ७०७ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
आफ्ना नागरिकलाई स्वदेश फर्कन नदिएर नेपालले मानव अधिकार उल्लंघन गरेको भन्दै ह्युमन राइट्स वाचलगायतका अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले सरकारको ध्यानाकर्षण गराइसकेका छन्।