बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • छाक टार्न समस्या हुनेलाई धनगढी उपमहानगरको खाद्यान्न सहयोग

छाक टार्न समस्या हुनेलाई धनगढी उपमहानगरको खाद्यान्न सहयोग

लकडाउनका कारण छाक टार्न समस्या भएकाहरुलाई धनगढी उप महानगरपालिकाले खाद्यान्न सहयोग गरेको छ।
 |  बिहीबार, चैत २०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

धनगढी- लकडाउनका कारण छाक टार्न समस्या भएकाहरुलाई धनगढी उप महानगरपालिकाले खाद्यान्न सहयोग गरेको छ।

छाक टार्न समस्या भएका व्यक्ति तथा परिवारहरुलाई वडा तहबाट नै राहत स्वरुप चामल, दाल, तेल, नुन, तरकारी वितरण गर्न थालेको नगरप्रमुख नृपबहादुर वडले बताए।

राहत वितरणका लागि वडाहरुमा अध्यक्षको संयोजकत्वमा सर्वदलीय/सर्वपक्षीय समिति गठन गरि कलडाउनका कारण छाक टार्न समस्या भएकाहरुको विवरण संकलन गरिएको थियो।

सोही विवरणका आधारमा राहत वितरण सुरु गरिएको वडले बताए। वडा नम्बर ५ र ८ मा बिहीबार बिहानैदेखि राहत वितरण थालिएको छ। अन्य वडाहरुमा पनि खाद्यान्न पुर्याउने काम भैरहेकोले चाँडैनै वितरण गरिने वडले जानकारी दिए।

वडा नम्बर ५ मा खाद्यान्न वितरण जारी छ भने वडा नम्बर ८ का २ सय परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको वडा अध्यक्ष नारायण प्रसाद बरालले जानकारी दिए।

हाल वितरण गरिएको खाद्यान्न सकिएपछि सोही विवरणका आधारमा पुनः वितरण गरिने नगरस्तरीय विपद व्यवस्थापन समितिले जनाएको छ।
उप महानगरपालिकाले मंगलबार देखि नै खाद्यान्न वितरण सुरु गरेको थियो।

प्रकाशित: Apr 02, 2020| 14:12 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।