बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पतिको शव घाटमा नपुर्‍याउँदै पत्नीले पनि छोडिन् प्राण

पतिको शव घाटमा नपुर्‍याउँदै पत्नीले पनि छोडिन् प्राण

मृत्यु अवश्य पनि नमिठो हुन्छ। तर संयोग वा दैवको लिला, बिवाह गर्दा कुनै पनि जोडीले सँगै जिउने सँगै मर्ने कसम खाएको हुन्छ भने, त्यो सपना पुरा भएको छ।
 |  बिहीबार, चैत २०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

अछाम- भनिन्छ, विवाह गर्दा हरेक जोडीको सपना हुन्छ, जीवनभर संगै जिउने, संगै मर्ने। तर धेरैको सपना वास्तविक जीवनसँग मेल खाँदैन।

वैवाहिक जीवनको लामो यात्रा सँगसँगै तय गरेको अछामको एउटा जोडीको भने यस्तो संयोग देखियो। 

मृत्यु अवश्य पनि नमिठो हुन्छ। तर संयोग भनौं वा भवितव्य अछामको बान्नीगढी जयगढ गाउपालिका-१ गाज्राका ६५ वर्षीय गगनसिंह खड्का र उनकी श्रीमती जानकी देवी खड्का एकै दिन संसारबाट विदा भएका छन्।

अघिल्लो रात पति गगनसिंहको निधनले विक्षिप्त बनेकी पत्नी जानकीले पतिले प्राण छोडेको १२ घण्टा नवित्दै संसार छोडिन्।

दुबैको दाहसंस्कार पनि सँगसँगै गरिएको छ।

बिहीबार गगनको शव दाहासंस्कारका लागि लैजाँदै गर्दा जानकीले पनि प्राण छोडेको छिमेकीहरुले बताए।

गगनको शव आधाबाटोमा पुर्‍याँउदा जानकीको पनि मृत्यु भएको खबर आएपछि जानकीको शवलाई पनि सँगैसँगै अन्त्येष्टीका लागि लगिएको थियो। 

गगन क्यान्सरबाट पीडित रहेको र जानकीमा फोक्सोको समस्या रहेकोले दुबै जना लामो समयदेखि उपचाररत रहेको छोरी सत्यले बताइन्।

भएभरको सम्पति उपचारमा सकिइसक्दा पनि निको नभएपछि उनीहरु करिव डेढ महिना पहिलेमात्र भारतबाट घर फर्किएका थिए।

बाबु आमाले एकै दिन प्राण छाडेपछि एकमात्र छाेरा २३ वर्षीय महेन्द्र खड्काले काज किरिया सुरु गरेका छन्।

प्रकाशित: Apr 02, 2020| 15:29 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।