बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालमा छैटौँ व्यक्तिमा कोरोना संक्रमण, उनी पनि ४ चैतमा कतारबाट आएकी थिइन्

नेपालमा छैटौँ व्यक्तिमा कोरोना संक्रमण, उनी पनि ४ चैतमा कतारबाट आएकी थिइन्

नेपालमा थप एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
 |  बिहीबार, चैत २०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

काठमाडौं- नेपालमा थप एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी अर्का व्यक्तिमा संक्रमण पुष्टि भएको जनाएकाे हाे।

छैटाैँ संक्रमित पनि गत चैत ४ गते कतारकाे दाेहाबाट क्युआर ६५२ नम्बरको विमानमा नेपाल आएकाे मन्त्रालयले जनाएकाे छ। छैटाैँ संक्रमित पनि बागलुङकै ६५ वर्षकी महिला भएकाे स्वास्थ्य मन्त्री भानुभक्त ढकालका प्रेस सल्लाहकार माधव तिवारीले जनाएका छन्।

उनी अहिले घरमै रहेकाे र उपचारका लागि अस्पताल ल्याउने तयारी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

यसअघि उक्त विमानमा आएका २ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। जसमध्ये एकजना बागलुङकै युवती थिइन्। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ।

हालसम्म नेपालमा ११८४ जनामा काेराेना परीक्षण गरिएकाेमा ११७८ जनामा नेगेटिभ देखिएकाे छ। जम्मा ६ जनामा पाेजेटिभ देखिएकाे हाे। जसमध्ये ५ जनाकाे उपचार भइरहेकाे छ। गत जनवरीमा चीनबाट आएका व्यक्तिमा पाेजेटिभ देखिएपछि उनी उपचार गरेर निकाे भइसकेका छन्।

प्रकाशित: Apr 02, 2020| 16:33 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।