बिहीबार, असोज २२, २०८३

वेत्रावतीमा बेलिब्रिज जडानको काम तीव्र

 |  बिहीबार, असोज २२, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०८३

नुवाकोट- नुवाकोट र रसुवा जोड्ने मुख्य सडक सञ्जाल पुनः सञ्चालन गर्ने उद्देश्यले वेत्रावतीमा बेलिब्रिज जडानको काम तीव्र पारिएको छ। रातीमा समेत कामलाई निरन्तरता दिइएको छ।

बेलिब्रिज जडानको काम युद्धस्तरमा अघि बढाइएको र हालसम्म करिब आधा काम सम्पन्न भएको जनाइएको छ। लगातारको वर्षाका कारण कामको गतिमा केही असर परेको भए पनि यसै साता जडान कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

आगामी आइतबारभित्र बेलिब्रिजमार्फत नुवाकोट–रसुवा यातायात सेवा सञ्चालन गर्ने तयारी गरिएको सडक विभागले जनाएको छ। बेलिब्रिज जडान सम्पन्न भएपछि दुई जिल्लाबीचको मुख्य सडक सञ्जाल पुनः सञ्चालनमा आउनेछ।

प्रकाशित: Oct 08, 2026| 08:33 बिहीबार, असोज २२, २०८३
प्रतिक्रिया दिनुहोस्