बिहीबार, भदौ ४, २०८३

प्रादेशिक अस्पताल जनकपुरमा ‘पीसीआर’ जडान गरिँदै

जनकपुरधाम– प्रादेशिक अस्पताल जनकपुरमा कोरोना जाँच गर्न पीसीआर मेसिन जडान गर्ने काम सुरु भएको छ । मेसिन आइपुगेको तेस्रो दिन विहिबार अस्पतालमा पीसीआर जडान गर्ने काम सुरु भएको हो ।
 |  बिहीबार, चैत २०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

जनकपुरधाम– प्रादेशिक अस्पताल जनकपुरमा कोरोना जाँच गर्न पीसीआर मेसिन जडान गर्ने काम सुरु भएको छ । मेसिन आइपुगेको तेस्रो दिन विहिबार अस्पतालमा पीसीआर जडान गर्ने काम सुरु भएको हो ।
संघीय सरकारले प्रदेश २ मा कोरोना जाँच गर्न मंगलबार पीसीआर मेसिन पठाएको थियो । तर, कोरोना जाँचका लागि ल्याब स्थापना गर्न अस्पतालले ठाउँ उपलब्ध गराउन ढिलाइ गरेपछि पीसीआर जडान गर्ने कार्य लम्बिएको बताइएको छ ।

अस्पतालले बुधबार अपरान्ह ओपीडी भवनको माथिल्लो तल्लामा कोठा उपलब्ध गराएपछि काठमाण्डौंबाट आएका दुईजना प्राविधिक टोली पीसीआर मेसिन जडान गर्ने कार्य सुरु गरेका छन् । मेसिन जडान गर्न काठमाण्डौंबाट सर्वेन्द्र मधुप र विपिन तिमिल्सिना जनकपुर पुगेका छन् ।

आफूहरुले ठाउँ नै ढिलो गरी पाएकोले मेसिन जडान गर्न ढिलाइ भएको काठमाण्डौंबाट आएका प्राविधिक टोलीका सदस्य सर्वेन्द्र मधुपले बताए । ‘हामीले ल्याब स्थापना गर्न ढिलो गरी ठाउँ उपलब्ध गराइयो, केही सामानहरु खरिद गर्नुपर्ने थियो,’ उनले भने,‘लकडाउनका कारण ती सामानहरु पाउनपनि समस्या भयो, त्यसैले पीसीआर जडान गर्न केही ढिलाइ भएको हो ।’

मेसिन जडान गर्ने कोठामा विद्युत आपूर्ति गर्न वायरिङसमेत भएको छैन् । विहिबार एकजना स्थानीय प्राविधिकले वायरिङको काम गरिरहेका थिए । तर, पीसीआर जडान गर्न काठमाण्डौंबाट जनकपुर आएका प्राविधिक मधुपले विहिबार साँझसम्म सम्पूर्ण कार्य सकिने दाबी गरे । ‘रातिनै भएपनि मेसिन जडान कार्य सकेर आजबाट कोरोना जाँच कार्य सुरु गर्नेछौं,’ मधुपले भने ।

कोरोना जाँच गर्न प्रादेशिक अस्पतालमा दक्ष जनशक्तिसमेत छैन् । कोरोना संक्रमणको घटना पहिलोपटक भएकोले ल्याबमा कामगर्ने कतिपय प्राविधिकहरु यसबारे जानकार छैनन् ।

मधुपले प्रादेशिक अस्पताल जनकपुरमा रहेका ल्याबका प्राविधिकहरुलाई आफूहरुले प्रशिक्षण दिने जानकारी दिए । ‘कोरोना संक्रमण विश्वकै लागि नयाँ घटनाको रुपमा देखिएको छ,’ उनले भने,‘हामी केहिदिन बसेर यहाँका प्राविधिकहरुलाई प्रशिक्षण दिनेछौँ ।’

संघीय सरकारले प्रदेश २ को लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा एकथान पीसीआर मेसिन पठाएको छ । प्रादेशिक अस्पताल जनकपुरलाई पठाइएको पीसीआर मेसिनले हरेक दिन बढीमा १० टा जाँच गर्नसक्ने बताइएको छ ।

प्रकाशित: Apr 02, 2020| 15:16 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।