बिहीबार, भदौ ४, २०८३

एम्बुलेन्सको ठक्करबाट घाइते भएका विष्टको मृत्यु

कोहलपुरमा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका नेकपा कैलालीका नेता दण्डबिक्रम बिष्टको उपचारका क्रममा मृत्यु भएको छ।
 |  बिहीबार, चैत २०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

धनगढी - कोहलपुरमा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका नेकपा कैलालीका नेता दण्डबिक्रम बिष्टको उपचारका क्रममा मृत्यु भएको छ। मंगलबार कोहलपुरमा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका विष्टको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा बिहीबार मृत्यु भएको नेकपा कैलालीका सचिव लालबहादुर सोडारीले जानकारी दिए।

शिक्षण अस्पताल कोहलपुरबाट बिरामी लगेर नेपालगञ्ज जाँदै गरेको भे१च ८२४ नम्बरको एम्बुलेन्सले विष्टले चलाएको से५प ४८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकलमा सवार अनमी शोभा केसी बटालाको भने घटनास्थलमै मृत्यु भएको थियो।

कैलालीको साढेपानी बस्दै आएका विष्ट तत्कालीन माओवादी लडाकुका कमान्डर हुन्। भूमिगत हुनअघि विष्ट सरकारी शिक्षक थिए।

प्रकाशित: Apr 02, 2020| 15:24 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।