बिहीबार, भदौ ४, २०८३

बिजुली सर्ट भएर घरमा आगो लाग्दा ६० लाखको क्षति

ओखलढुंगाको मोलुङ गाउँपालिका-६ श्रीचौरमा आगलागी हुँदा ६० लाख १७ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
 |  बिहीबार, चैत २०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

काठमाडौं- ओखलढुंगाको मोलुङ गाउँपालिका-६ श्रीचौरमा आगलागी हुँदा ६० लाख १७ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

बिहीबार बिहान ७ बजे का जाङबु शेर्पाको घरमा बिजुली सर्ट भई आगो लाग्दा उनको टिनको छानो भएको २ तले घर, सोही घरमा रहेको होटल, अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, नगद २ लाख साठी हजार, पसलसमेत जलेर नष्ट ६० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शेर्पाको घरमा लागेको आगो फैलिएर छिमेकी टेकमान राई र पदम तामाङको घरमा सामान्य क्षति भएको छ। प्रहरी र स्थानीय बासिन्दाको सहकार्यमा तीन घण्टापछि आगो निभाइएको थियो।

प्रकाशित: Apr 02, 2020| 11:51 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।