NadaNada
बुधबार, भदौ ४, २०८२

'कोरोना परीक्षण गर्न तत्काल टाेली खटाऊ'

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले देशका सबै जिल्लामा नमुना परीक्षण गर्न दौडाहा टोली बनाएर काम थालिहाल्नुपर्ने बताए।
 |  बिहीबार, चैत २०, २०७६
nespernesper

महेश्वर आचार्य

महेश्वर आचार्य

बिहीबार, चैत २०, २०७६

vianetvianet

कोरोना भाइरस परीक्षण थोरै व्यक्तिमा मात्र गरिँदा संक्रमितको वास्तविक अवस्था थाहा हुन सकेको छैन। सम्पर्कमा आएका केही व्यक्तिलाई परीक्षण गर्दैमा संक्रमितको विवरण प्राप्त नहुने भन्दै विज्ञहरुले टोली खटाएरै परीक्षणको दायरा विस्तार गर्न सुझाव दिएका छन्।

स्वास्थ्य मन्त्रालयले अहिलेसम्म ११४५ जनामा मात्र कोरोना परीक्षण गरेको छ। तीमध्ये ११४० मा संक्रमण नभएको र संक्रमित ५ मध्ये एक जनाको निको भएको मन्त्रालयले जनाएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले देशका सबै जिल्लामा नमुना परीक्षण गर्न दौडाहा टोली खटाइहाल्नुपर्ने बताए।

‘एक जना मेडिकल अफिसरको नेतृत्वमा दक्ष जनशक्तिसहितको टोली सबै प्रदेशमा पठाइहालौं,’ मरासिनीले नेपाल समयसँग भने, ‘काठमाडौंबाटै सबै स्रोतसाधनसहितको टोली पठाउनुपर्छ।’

जिल्लाका एकदुई ठाउँमा कोराना जाँच गर्न सेन्टिनाइल साइट खडा गरेर ज्वरो, रुघा खोकीका बिरामीको ट्य्राकिङ थालिहाल्नुपर्ने सुझाव उनको छ।

Metro Mart

मरासिनीका अनुसार जहाँ धेरै ज्वरो, रुघाका बिरामी देखिन्छन् त्यहाँ पूर्ण लकडाउन गरेर निगरानीमा सम्भावितको परीक्षण गर्नुपर्छ। सबै प्रदेशका कम्तीमा पनि पाँच छ हजार नमुना परीक्षण नगरी वास्तविक अवस्था थाहा हुन नसक्ने उनको भनाइ छ।

‘नेपालबाट दोहा, सिरिया गएका मानिसमा कोरोना देखिएको छ । त्यसैले यहाँ कसैलाई पनि संक्रमित भएको छैन भन्न सकिन्न,’ मरासिनीले भने, ‘त्यो त परीक्षण नगरी भन्न सकिन्न नि।’

संक्रमणविद् डा. सुशील ताम्राकार पनि द्रुत र बृहत् परीक्षणमा लाग्नुको विकल्प नरहेको बताउँछन्। ‘कोरियाले कोरोनासँग ट्याकल गर्न फास्ट आइडेन्टिटीलाई प्राथमिकता दिएको थियो। हामीले पनि सकेसम्म छिटो बढीभन्दा बढी परीक्षण गर्नैपर्छ,’ उनले भने, ‘परीक्षणमा सरकारले किन ढिलाइ गरिरहेको छ केही बुझ्न सकिएन।’

उनले सरकारले आफू कोरोनासँगको युद्धमा गम्भीर भएको बताए पनि फिल्डमा समन्वय अभाव देखिएको बताए। ‘चिकित्सिकको मनोबल गिरेको छ। टेकुमा मात्र चाप देखिन्छ। निजी अस्पताललाई पनि कोरोना परीक्षण गर्न सरकारले सामग्री उपलब्ध गराउनुपर्यो,’ उनले भने, ‘सरकार संक्रमणको संख्या बढेपछि फिल्डमा जाने सोचमा छ भने त्यो ठूलो त्रुटि हुनेछ’, उनले भने।

कोरोना रोगसँग फ्रन्टलाइनमा रहेर कार्य गरिरहेका फेमेली फिजिसियन डा. विश्व दवाडी पनि परीक्षणको दायरा बढाउनुको विकल्प देख्दैनन्। उनले समुदायमा गएर परीक्षण व्यापक बनाउन सरकारलाई सुझाव दिए।

‘अब सम्भावित संक्रमितको पहिचान गर्न परीक्षण टोली बनाएर समुदायमा परिचालन गरिहाल्नुपर्छ,’ डा. दवाडीले भने, ‘त्यसो भयो भने कति संक्रमित होलान् अनुमान गर्न सकिन्छ र थप उपचारका लागि रणनीति बनाउन सकिन्छ।’

इपिडेमियोलोजिस्ट डा. सुरेन्द्र कार्की भन्छन्, ‘हजार हाराहारीमा परीक्षण भएको छ। यत्तिका आधारमा कति संक्रमित छन् वा छैनन् केही भन्न सकिन्न।’

सरकार र समुदायले महामारी आउनुअघि नै नियन्त्रणका लागि सहकार्य गर्नु जरुरी रहेको डा. कार्कीले बताए। ‘अहिलेसम्म पाँचवटा केस देखियो। अरु केस पनि होलान्। समाजमा संक्रमित छन् कि छैनन् भन्ने त परीक्षणबाट मात्र यकिन हुन्छ।’

नेपाल भेटेरिनरी काउन्सिलका रजिस्ट्रार डा. नारायणप्रसाद घिमिरेका अनुसार अवस्था जटिल भएकाले कोरोना नियन्त्रणका लागि युद्धस्तरमा लाग्नुपर्छ। ‘शंका लागेका जतिलाई ट्रायक गरेर सर्भेलेन्समा राख्नुपर्छ,’ डा. घिमिरे भन्छन्, ‘अब सम्भावित बिरामी खोज्न ढिला भइसक्यो।’

उनले परीक्षणको दायरा बढाउन जनशक्ति अभाव भएको हो भने भारतमा जस्तै भेटेरिनरी प्रयोगशाला प्रयोग गर्न सकिने पनि बताए। नेपालमा प्रादेशिक स्तरमा भेटेरिनरी सेवाअन्तर्गत सात वटा प्रयोगशाला छन्।

नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष शीतलकाजी श्रेष्ठ भेटेरिनरी सेवामा भएको बीएसएल–२ ल्याबमा रिएजेन्ट र केमिकल हुने हो भने भएका १९ प्रविधिकमार्फत युद्धस्तरमा काम गर्न सकिने बताउँछन्। ‘परीक्षणको संख्या बढाउँदा मात्र यथार्थ पत्ता लाग्ने हो,’ श्रेष्ठ भन्छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले ट्रेसिङ टोली पठाउन तयारी भइरहेको जानकारी दिए।
उनले भने, ‘हाल सञ्चालित फिभर क्लिनिकको दायर बढाउने तयारी भइरहेको छ भने समुदायमा ट्रेसिङ टोली पठाउने विषयमा छलफल भइरहेको छ ।’

प्रकाशित: Apr 02, 2020| 11:30 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।