बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्यमा समन्वय अभाव, विभाग र मन्त्रालयको फरकफरक परिपत्र, कर्मचारी अन्योलमा

स्वास्थ्यमा समन्वय अभाव, विभाग र मन्त्रालयको फरकफरक परिपत्र, कर्मचारी अन्योलमा

कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीबीच नै समन्वय अभाव देखिएको छ।
 |  बिहीबार, चैत २०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

काठमाडौं- कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीबीच नै समन्वय अभाव देखिएको छ।
कर्मचारी बिदाका सम्बन्धमा मन्त्रालय र स्वास्थ्य सेवा विभागले भिन्नाभिन्नै परिपत्र जारी गरेपछि उपचारमा खटिने स्वास्थ्यसेवाअन्तर्गतका कर्मचारी अन्योलमा परेका छन्।

विभागले गग १५ गते जारी परिपत्रको खण्डन गर्दै मन्त्रालयले बिहीबार अत्यन्त जरुरी सूचना भनेर जारी गरेको पत्रमा कुनै पनि कर्मचारीलाई बिदामा नबस्न निर्देशन दिइएको छ।

विभागले सम्पूर्ण अस्पताललाई सम्बोधन गर्दै जारी गरेको परिपत्रमा अस्पतालमा कार्यरत कर्मचारीलाई इन्फ्लुएन्जाको लक्षण देखिएमा कम्तीमा १० दिन वा सन्चो नभएसम्मका लागि बिदा दिने व्यवस्था मिलाउन र आवश्यक निगरानीमा राख्न निर्देशन दिएको थियो।

विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जारी गरेको परिपत्रमा मधुमेह, उच्च रक्तचाप, दम, श्वासप्रश्वासमा समस्या भएका, सुत्केरी तथा गर्भवती कर्मचारीलाई कोरोना शंकास्पद बिरामीको प्रत्यक्ष उपचार र व्यवस्थापनसम्बन्धी कार्यमा नखटाउन भनिएको थियो।

तर मन्त्रालयले बिहीबार विभागको परिपत्रको खण्डन गर्दै दीर्घरोगी, गर्भवती एवम् सुत्केरी महिलाहरुलाई कोरोनाको बिरामीको प्रत्यक्ष उपचारमा नखटाउन गरेको परिपत्रका सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाद्वारा जारी अन्यन्त जरुरी सूचनामा भनिएको छ, 'विभागको परिपत्रमा जेसुकै लेखिएको भए तापनि आजको विश्वव्यापी गम्भीर परिस्थितिमा देशभरका स्वास्थ्य सेवाहरुलाई सुचारु गर्नका लागि कुनै पनि कर्मचारीहरुलाई बिदा र काजमा नछोडी नियमित रुपमा उपस्थित हुने व्यवस्था मिलाउन हुन।'

प्रकाशित: Apr 02, 2020| 16:16 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।