बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आकस्मिक बिरामीको उपचार गर्न सबै अस्पताललाई निर्देशन

आकस्मिक बिरामीको उपचार गर्न सबै अस्पताललाई निर्देशन

नेपाल मेडिकल काउन्सिलले कुनै पनि आकस्मिक बिरामीलाई नर्फकाउन अस्पतालहरुलाई निर्देशन दिएको छ।
 |  बिहीबार, चैत २०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले कुनै पनि आकस्मिक बिरामीलाई नर्फकाउन अस्पतालहरुलाई निर्देशन दिएको छ।

आकस्मिक अवस्थामा आएका बिरामीलाई सोही अस्पतालमा उपचार गर्न काउन्सिलले निर्देशन दिएको हो।

विहिबार विज्ञप्ती जारी गर्दै काउन्सिलले अस्पतालमा उपचार सम्भव नभएमा मात्रै कारण खुलाएर अन्य अस्पतालमा रिफर गर्नुपर्ने बताएको छ।

लकडाउनको समयमा ज्वरो आएका बिरामीको उपचार गर्न कठिनाई भएको, कोरोना भाइरसको आशंकामा बिरामी नहेरेको, आकस्मिक उपचारसमेत नगरेको भन्ने समाचारहरु आएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै रिफर गर्दा कारण खुलाएर मात्र गर्न निर्देशन दिएको हो।

साथै बिरामीलाई पठाइने अस्पतालसँग पनि समन्वय गर्नुपर्नेछ।

काउन्सिलले आवश्यकता अनुसार व्यक्तिगत सुरक्षा सामग्रीको प्रयोग गर्न पनि निर्देशन दिएको छ।

प्रकाशित: Apr 02, 2020| 14:21 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।