बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सयाैं नेपाली सीमामा अलपत्र परेकाे पीडा विदेशी सञ्चारमाध्यममा

सयाैं नेपाली सीमामा अलपत्र परेकाे पीडा विदेशी सञ्चारमाध्यममा

आफ्ना नागरिकलाई स्वदेश फर्कन नदिएर नेपालले मानव अधिकार उल्लंघन गरेको भन्दै ह्युमन राइट्स वाचलगायतका अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले सरकारको ध्यानाकर्षण गराइसकेका छन्।
 |  बिहीबार, चैत २०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

काठमाडौं- कोरोना भाइरस संक्रमण जोखिमका कारण भारतमा २१ दिने लकडाउन गरिएको छ भने नेपालमा पनि लकडाउन छ।

भारतमा लकडाउन हुनेबित्तिकै स्वदेश फर्किएका हजारौं नेपाली सीमा क्षेत्रमा अलपत्र छन्।

उनीहरुलाई स्वदेश प्रवेश गराएर क्वारेन्टाइनमा राख्न नेपाल सरकार गम्भीर देखिएको छैन। नेपाली सञ्चारमाध्यमले विगत केही दिनदेखि नागरिकको स्वदेश फर्कन पाउनुपर्ने अधिकारका पक्षमा आवाज उठाउँदै आएका छन्।

सीमामा अलपत्र नेपालीका विषयमा विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि विशेष महत्त्व दिएका छन्। भोकभोकै बस्नुपरेको, खुला आकाशमा बस्न विवश हुनुपरेको, घर फर्कने टुंगो नभएको जस्ता पीडालाई समाचारको विषय बनाइएको छ।

अल जजिराले आफ्नो अनलाइन संस्करणमा कोरोना लकडाउनका कारण सयौं नेपाली भारतीय सीमामा अड्किएको समाचार प्रकाशन गरेको छ। समाचारमा भारतमा मार्च २४ मा नरेन्द्र मोदीले देशव्यापी नाकाबन्दी गरेपछि स्वदेश फर्किएका नेपालीलाई नेपालमा प्रवेशमा कडाइ गरेको जनाइएको छ।

यसै गरी इकोनोमिक्स टाइम्सले लकडाउनका कारण धेरै नेपाली सीमामा अड्किएका र उनीहरु उद्धारको पर्खाइमा रहेको उल्लेख गरेको छ।

बीबीसीको हिन्दी अनलाइन संस्करणमा स्वदेश फर्कने आसमा सीमा क्षेत्रमा रहेका नेपाली उद्धारको पर्खाइमा रहेको समाचार प्रकाशित गरेको छ।

दी वायरले आफ्नो हिन्दी अनलाइन संस्करणमा ३२६ नेपाली सुनौली नाकामा अलपत्र परेको समाचार प्रकाशन गरेको छ।

आफ्ना नागरिकलाई स्वदेश फर्कन नदिएर नेपालले मानव अधिकार उल्लंघन गरेको भन्दै ह्युमन राइट्स वाचलगायतका अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले सरकारको ध्यानाकर्षण गराइसकेका छन्।

नेपाल सरकारले भने आफ्ना नागरिकलाई स्वदेश फर्कने वातावरण नबनाएर उल्टै धरपकड गर्नु लज्जाको विषय बनेको छ यतिबेला ।

 

प्रकाशित: Apr 02, 2020| 10:33 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।