गृहमन्त्री रामबहादुर थापाले बागलुङको ढोरपाटन नगरपालिका क्षेत्रमा बाढी र पहिरोले क्षतिग्रस्त बनाएका संरचनाको पुनर्निर्माणको काम तत्काल अघि बढ्ने आश्वासन दिएका छन्।
स्वयम्भुस्थित मनमोहन मेमोरियल मेडिकल कलेज शिक्षण अस्पतालमा भएको आक्रमणमा दोषीलाई कारबाही गर्ने प्रहरीले प्रतिबद्धता जनाएपछि आकस्मिक सेवा सञ्चालनमा आएको छ।
अस्पतालकाे आकस्मिक कक्षमा उपचार गर्न ल्याइएको बिरामीमाथि बिहीबार राती ९ बजे करिब २०–३० जनाको समूहमा आएका अज्ञात ब्यक्तिहरुले गुण्डागर्दी शैलीमा आकस्मिक कक्षमा प्रवेश गरि बिरामीलाई कुटपिट गरेका हुन् ।
तनहुँ- कोरोना सङ्क्रमणको जोखिम बढेसँगै जिल्ला कारागार तनहुँमा उच्च सतर्कता अपनाइएको छ । दिनदिनै कारागारमा कैदीबन्दी थपिनेक्रम बढेसँगै कारागार प्रशासनले उच्च सतर्कता अपनाएको हो ।