शुक्रबार, भदौ १२, २०८३

भारतमा कोरोना : हरेक १२ मा एक जना संक्रमित

भारतमा अहिले दैनिक १० लाखभन्दा बढी पीसीआर परीक्षण हुन्छ। हिजो बिहीबार झन्डै ११ लाख ७० हजारको पीसीआर परीक्षण भएको छ।
 |  शुक्रबार, भदौ १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०७७

काठमाडौं– छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण र यसबाट हुने मृत्यु बढ्दो क्रममा छन्।

त्यहाँ दैनिक ५० हजारभन्दा बढी संक्रमित थपिन्छन् र एक हजारको हाराहारीमा संक्रमितको मृत्यु हुन्छ।

आज (शुक्रबार) बिहानसम्मको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको कुुल संख्या ३९ लाख ३६ हजार नाघेको छ।

४ करोड ६६ लाख ७९ हजार जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। यसको अर्थ त्यहाँ हरेक १२ जनामध्ये एकमा कोरोना संक्रमण भएको छ।

भारतमा अहिले दैनिक १० लाखभन्दा बढी पीसीआर परीक्षण हुन्छ। हिजो बिहीबार झन्डै ११ लाख ७० हजारको पीसीआर परीक्षण भएको छ।

२४ घण्टामा यो संख्यामा पीसीआर गर्दा ८३ हजार २४१ जनामा संक्रमण पुष्टि भएको छ। २४ घण्टामै १ हजार ९६ जनाको ज्यान गएको छ। योसँगै मृतकको कुल संख्या ६८ हजार ४७२ पुगेको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ सक्रिय संक्रमितको संख्या ८ लाख ३१ हजारभन्दा बढी छ। ३० लाख ३७ हजारभन्दा बढी त संक्रमणमुक्त भइसकेका छन्

कोरोना संक्रमण र मृत्यु दुवै मामलामा भारत अहिले विश्वको तेस्रो मुलुक हो।

सबैभन्दा बढी प्रभावित अमेरिकामा ६१ लाख ५० हजारभन्दा बढी संक्रमित भएका छन्। १ लाख ८६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

दोस्रो स्थानमा ब्राजिल छ, जहाँ ४० लाखभन्दा बढी संक्रमित हुँदा १ लाख २५ हजारको ज्यान गएको छ।

प्रकाशित: Sep 04, 2020| 11:35 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।