बिहीबार, भदौ ११, २०८३

चीनले भन्यो- सीमामा बनेको ताल फुट्ने उच्च जोखिम

 |  बिहीबार, भदौ ११, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०८३

काठमाडौं। नेपालको छोछेन खोला र पुरेपु छाङ्पो नदीको संगम नजिकै ठूलो प्राकृतिक ताल बनेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ भने तालबाट पानी बाहिर बग्नसमेत सुरु भएको छ।

यसअघि चिनिया सरकारी सञ्चारमाध्यम सिसिटिभीले पनि भिडियो फुटेज नै जारी गरेर २० लाख घनमिटरसहितको पानीको ताल बनेको उल्लेख गरेको थियो। मन्त्रालयले आगामी तीन दिन थप बर्षाको सम्भावना रहेको ३० लाख घन मिटर पानी सो तालमा थपिन सक्ने बताएको छ। 

चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताउदै सम्भावित ताल फुटेमा बाढी कसरी फैलिन सक्छ भन्ने विषयमा बाढीको नमुना अध्ययन तथा विश्लेषणसमेत भइरहेको मन्त्रालयले जनाएको छ।

नेपाल–चीन सीमा क्षेत्रमा नेपालकोतर्फबाट गएको भीषण लेदो पहिरोले चीनको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रस्थित जिरोङ बन्दरगाहमा ठूलो क्षति पुर्‍याएपछि चिनियाँ पक्षले विभिन्न तहबाट उद्धार तथा राहत टोली परिचालन गरेको  चीनको सञ्चारमाध्यम ग्लोबल टाइम्सले उल्लेख गरेको छ।

चीनले आफ्नो तर्फको बाढीपछिको उद्धार कार्यमा आपत्कालीन उद्धारकर्मी, चिनियाँ जनमुक्ति सेना, प्राविधिक तथा निर्माण टोली, दूरसञ्चार सेवा प्रदायक र राहत संस्थाहरू परिचालन गरेको जनाएको छ। तर प्रभावित क्षेत्रमा कठिन भौगोलिक अवस्था, निरन्तर वर्षा र थप विपद्को बढ्दो जोखिमका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको चिनियाँ पक्षले जनाएको छ।

प्रकाशित: Aug 27, 2026| 17:20 बिहीबार, भदौ ११, २०८३
प्रतिक्रिया दिनुहोस्