शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • केन्द्रीय कारागारमा मृत्यु भएका तीन कैदीमा कोरोना संक्रमण पुष्टि

केन्द्रीय कारागारमा मृत्यु भएका तीन कैदीमा कोरोना संक्रमण पुष्टि

केन्द्रीय कारागार सुन्धारामा कोरोनाकै कारण तीन जना कैदीबन्दीको मृत्यु भएको छ।
 |  शुक्रबार, भदौ १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०७७

काठमाडौं- केन्द्रीय कारागार सुन्धारामा मृत्यु भएका तीन जना कैदीमा काेराेना संक्रमण पुष्टि भएकाे छ।

उनीहरुमा मृत्युपछि कोरोना पुष्टि भएको हो। उनीहरु तीनै जनाको भदौ १६ गते वीर अस्पतालमा मृत्यु भएको थियो।

पाल्पाका ५८ वर्षीय पुरुष, बझाङका ६० वर्षीय पुरुष र सिरहाका ६४ वर्षीय पुरुषको गत १६ गते मृत्यु भएको हो । उनीहरुमा कोरोनाको संक्रमण रहेको बिहीबार राति पुष्टि भएको केन्द्रीय कारागार कार्यालयका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए।

जेलर बाँस्कोटाका अनुसार उनीहरु दिर्घ रोगीसमेत थिए । यसअघि मेघा अस्पतालमा पनि केन्द्रीय कारागारकै एक कैदीको मृत्यु भएको थियो । कञ्‍चनपुरका ४१ वर्षीय कैदीको भदौ १६ गते नै मृत्यु भएको थियो ।

हालसम्म केन्द्रीय कारागारमा ५९ जना कैदीबन्दी संक्रमित भएको जेलर बाँस्कोटाकाले जानकारी दिए । उनका अनुसार अहिलेसम्म २१० जनाको मात्रै पिसीआर टेष्ट गरिएको छ ।

प्रकाशित: Sep 04, 2020| 11:48 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।