शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • समुदायमा कोरोना फैलिएको भन्न मिल्दैन : स्वास्थ्य मन्त्रालय

समुदायमा कोरोना फैलिएको भन्न मिल्दैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायमा कोरोना संक्रमण फैलिएको भन्ने अवस्था नभएको जनाएको छ।
 |  शुक्रबार, भदौ १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०७७

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायमा कोरोना संक्रमण फैलिएको भन्ने अवस्था नभएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिल्यै समुदायमा गइसकेको भन्न नमिल्ने बताएका हुन्।

शुक्रबार पत्रकारहरुसँग भर्चुअल संवाद गर्दै डा. गौतमले भने, ‘समुदायमा कोरोना फैलिएको भन्ने कुरालाई मन्त्रालयले लुकाएका भनिएको छ तर क्लस्टरमा हो की समुदायमा हो भन्ने विषयमा अध्ययन भइरहेको छ। अहिले वीरगंज, काठमाडौं, सर्लाहीलगायत धेरै केसहरु देखिएको ठाउँमा क्लस्टर केसहरु हुन्।’

डा. गौतमले समुदायमा संक्रमण फैलिएको हो कि होइन पत्ता लगाउन सेरो सर्वेक्षण गर्न लागिएको र उक्त सर्बेक्षणबाट मात्रै समुदायको संक्रमणको अवस्था पत्ता लाग्ने बताए।

साथै मन्त्रालयले यस विषयमा केही कुरा लुकाउन नखोजेको उनले बताए। तर जनस्वास्थ्य विज्ञहरुले भने समुदायमा कोरोना संक्रमण फैलिएको बताउँदै आएका छन् यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन भइरहेको जनाएको हो।

प्रकाशित: Sep 04, 2020| 13:45 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।