शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रातो मच्छिन्द्रनाथको क्षमा पूजा गरियो, भोटो जात्रा नहुने

रातो मच्छिन्द्रनाथको क्षमा पूजा गरियो, भोटो जात्रा नहुने

ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको क्षमा पूजा गरिएको छ।
 |  शुक्रबार, भदौ १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०७७

काठमाडौं– ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको क्षमा पूजा गरिएको छ।

कोरोना भाइरसको महामारीका कारण रथ जात्रा गर्न सम्भव नभएकोले आज क्षमा पुजा गरिएको हो।

क्षमा पूजा गरिएसँगै यो वर्ष रथ जात्रा नहुने भएको छ। मच्छिन्द्रनाथ जात्राका विधि प्रक्रिया भने हाल रथ भएको ठाउँ पुल्चोकमै गरिनेछ।

२६ गते साइत हेरेर रातो मच्छिन्द्रनाथलाई बुङ्मती प्रस्थान गराउने तयारी गरिएको छ।

यसअघिका वर्षमा रथ जात्रा पुल्चोकबाट गाःबहाल हुँदै मंगलबजार, पाटन–सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेलमा भोटो देखाएर सम्पन्न हुन्थ्यो। त्यसपछि बुङमती पुर्‍याउने गरिन्थ्यो।

बिहीबार निषेधाज्ञाकै बीच रथ तान्न सुरु गरेपछि प्रहरी र स्थानीयवासीबीच झडप भएको थियो। झडपपछि रथ यात्रा रोकिएको थियो।

बिहीबार बेलुका गुठीका सदस्य, ललितपुर महानगरपालिका र स्थानीय प्रशासनबीच यो वर्ष रथ जात्रा नगर्ने सहमति भएको थियो।

प्रकाशित: Sep 04, 2020| 13:27 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।