शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कन्ट्याक्ट ट्रेसिङ गर्न गाह्रो भयो : स्वास्थ्य मन्त्रालय

कन्ट्याक्ट ट्रेसिङ गर्न गाह्रो भयो : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा चुनौती भएको बताएको छ।
 |  शुक्रबार, भदौ १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा चुनौती भएको बताएको छ।

मन्त्रालयले शुक्रबार सञ्चारकर्मीहरुसँग गरेको भर्चुअल अन्तरक्रियामा खुला सिमाना, क्वारेन्टिन व्यवस्थापन र कन्ट्याक्ट ट्रेसिङ कोरोना संक्रमण नियन्त्रणका लागि मुख्य चुनौती भएको बताएको छ।

होम आइसोलेसन र क्वारेन्टिन, अस्पताल व्यवस्थापन, सूचना व्यवस्थापन र दु्रत रिपोर्टिङ पनि कोरोना संक्रमण नियन्त्रणमा चुनौतीका रुपमा रहेको मन्त्रालयको भनाइ छ। कन्ट्याक्ट ट्रेसिङको लागि सबै स्थानीय तहमा टिम बनिसके पनि संक्रमितको संख्या बढ्दै जाँदा पर्याप्त रुपमा कन्ट्याक्ट ट्रेसिङ हुन नसकेको मन्त्रालयले स्वीकार गरेको छ ।

मन्त्रालयका प्रमुख विशेषज्ञ एवं कोभिड–१९ फोकल पर्सन महेन्द्रप्रसाद श्रेष्ठले भारतमा संक्रमणदर उच्च भएको र नेपाल आउने क्रम नरोकिएकाले संक्रमण नियन्त्रण गर्न समस्या भइरहेको बताए। कोरोना नियन्त्रणको लागि नाकामामै क्वारेन्टिन बनाउन छलफल भइरहेको उनले बताए।

पीसीआर परीक्षणको गुणस्तरमा प्रश्न उठेकाले त्यसलाई सुधार्नको लागि मन्त्रालय लागिपरेको उनले जानकारी दिए। साथै जेष्ठ नागरिकलाई होम आइसोलेसनमा राख्दा बढी जोखिम हुने भएकाले उनीहरुलाई संस्थागत आइसोेलेसनमा राख्ने कि अस्पतालमा राख्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए।

मन्त्रालयले स्थानीय तहमा संक्रमण समुदायस्तरमा फैलिएको भए पनि देभभरको स्थिति क्लस्टरको रुपमा रहेको बताएको छ।

प्रकाशित: Sep 04, 2020| 16:12 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।