शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बागलुङका बाढीपीडितको घर बनाइदिने गृहमन्त्री थापाको आश्वासन

बागलुङका बाढीपीडितको घर बनाइदिने गृहमन्त्री थापाको आश्वासन

गृहमन्त्री रामबहादुर थापाले बागलुङको ढोरपाटन नगरपालिका क्षेत्रमा बाढी र पहिरोले क्षतिग्रस्त बनाएका संरचनाको पुनर्निर्माणको काम तत्काल अघि बढ्ने आश्वासन दिएका छन्।
 |  शुक्रबार, भदौ १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०७७

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले बागलुङको ढोरपाटन नगरपालिका क्षेत्रमा बाढी र पहिरोले क्षतिग्रस्त बनाएका संरचनाको पुनर्निर्माणको काम तत्काल अघि बढ्ने आश्वासन दिएका छन्।

बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण र राहत वितरण गर्न पुगेका थापाले तीनवटै तहका सरकारको समन्वय र सहकार्यमा काम अघि बढ्ने बताए।

तथ्यांक संकलनको काम भइरहेको भन्दै उनले वर्षा सकिएलगत्तै काम अघि बढ्ने बताए। प्राकृतिक प्रकोप प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउने सरकारको नीतिअनुसार तत्काल जनतालाई राहत पुर्याइएको उनले बताए।

‘मृतक परिवारलाई राहतस्वरुप पहिले एकलाख दिने गरिएको थियो अहिले २ लाख दिने निर्णय गरिएको छ,’ उनले भने, ‘पूर्ण क्षतिग्रस्त घरहरु सरकारले बनाइदिने, नभए आफै बनाउनेलाई ३ लाख दिने र आवश्यक ऋण पनि दिने व्यवस्था गरिएको छ।’

ढोरपाटन नगरपालिका- ७, ८ र ९ मा गएको बाढीमा ज्यान गुमाएका परिवार र प्रभावितलाई राहतसमेत वितरण गरिएको छ। बिहीबार मौसम खराबीका कारणले जान नसकेपछि मन्त्री थापा (आज) शुक्रबार बिहान बागलुङ पुगेकका हुन्।

टोलीमा गृहमन्त्री थापासहित सांसद देवेन्द्र पौडेल, राष्ट्रिय विपद जोखिम न्यूनिकरण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसमेत सहभागी थिए।

प्रकाशित: Sep 04, 2020| 16:10 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।