शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मनमोहन अस्पतालको आकस्मिक कक्षभित्रै बिरामीमाथि आक्रमण, अस्पताल बन्द

मनमोहन अस्पतालको आकस्मिक कक्षभित्रै बिरामीमाथि आक्रमण, अस्पताल बन्द

अस्पतालकाे आकस्मिक कक्षमा उपचार गर्न ल्याइएको बिरामीमाथि बिहीबार राती ९ बजे करिब २०–३० जनाको समूहमा आएका अज्ञात ब्यक्तिहरुले गुण्डागर्दी शैलीमा आकस्मिक कक्षमा प्रवेश गरि बिरामीलाई कुटपिट गरेका हुन् ।
 |  शुक्रबार, भदौ १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०७७

काठमाडौं- काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालको आकस्मिक कक्षमै बिरामीमाथि आक्रमण भएको छ ।

अस्पतालकाे आकस्मिक कक्षमा उपचार गर्न ल्याइएको बिरामीमाथि बिहीबार राती ९ बजे करिब २०–३० जनाको समूहमा आएका अज्ञात ब्यक्तिहरुले गुण्डागर्दी शैलीमा आकस्मिक कक्षमा प्रवेश गरि बिरामीलाई कुटपिट गरेका हुन् ।

उपचारका लागि भर्ना भएका अर्का घाइतेलाई थप कुटपिट गर्नुका साथै सो समुहले आकस्मिक कक्षका चिकित्सक, नर्सिङ, प्यारामेडिक्स तथा सरक्षागार्डहरुलाई समेत हातपात गरेको अस्पतालले जनाएको छ।

उनीहरुले ईसिजी मेशिन, ड्रेसिड र अन्य मेडिकल उपकरणहरु तोडफोड गरेको र भिडन्तका क्रममा आकस्मिक कक्ष रक्ताम्य भएकाले हाललाई आकस्मिक सेवा बन्द गरिएको अस्पतालले जनाएको छ।

अज्ञात समुहले आक्रमण गरी अस्पतालमा तोडफोड गरेपछि हाल अस्पतालको अन्य सेवाहरु पनि बन्द गरिएको अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ।


अस्पतालले घटनाको भत्सना गर्दै सम्बन्धित निकायसँग दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।

प्रकाशित: Sep 04, 2020| 10:51 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।