शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना नियन्त्रणका लागि प्रदेश ५ का अस्पतालमा ५८३ जनशक्ति थप्ने सरकारको निर्णय

कोरोना नियन्त्रणका लागि प्रदेश ५ का अस्पतालमा ५८३ जनशक्ति थप्ने सरकारको निर्णय

कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले प्रदेश ५ सरकारले प्रदेशका कोरोना अस्पतालमा ५८३ जना जनशक्ति थप गर्ने निर्णय गरेको छ ।
 |  शुक्रबार, भदौ १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०७७

बुटवल- कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले प्रदेश ५ सरकारले प्रदेशका कोरोना अस्पतालमा ५८३ जना जनशक्ति थप गर्ने निर्णय गरेको छ ।

प्रदेश ५ सरकारको बिहीबारको मन्त्रीपरिषद बैठकले प्रदेशका ४ वटा कोरोना अस्पताललाई अत्याधुनिक र सुविधासम्पन्न बनाउँदै बेड संख्या पनि थप्ने र जनशक्ति पनि थप गर्ने निर्णय गरेको हो।

सामाजिक विकास मन्त्रालयको प्रस्तावअनुसार करारमा स्वास्थ्यकर्मी नियुक्तिका लागि ३ करोड ९६ लाख ३२ हजार रुपैयाँ निकासासमेत गरिएको छ। यो रकम करारमा नियुक्त हुने स्वास्थ्यकर्मीको तलब भत्तामा खर्च गरिने छ।

प्रदेश ५ सरकारले सञ्चालन गरेका कोरोना विशेष अस्पतालहरुमा जनशक्तिको अभाव भएपछि करारमा नियुक्तिको तयारी गरिएको हो। जनशक्तिको अभावमा आईसीयू सञ्चालनमा समेत स्वास्थ्यकर्मी उपलब्ध छैनन्।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका लागि १ करोड ७५ लाख, केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझुण्डी दाङका लागि १ करोड ५६ लाख, भीम अस्पताल भैरहवाका लागि ६४ लाख ४७ हजार र भेरी अस्पताल बाँकेका लागि १ करोड ४० लाख गरी कुल ३ करोड ९६ लाख निकासा गर्ने निर्णय गरेको छ। निकासा गरिएको रकमले करारमा नियुक्त स्वास्थ्यकर्मीलाई तीन महिना तलबभत्ता दिन पुग्छ।

मन्त्रिपरिषद् बैठकले चार कोरोना विशेष अस्पतालमा पूर्वाधार विकास गर्नेसमेत निर्णय गरेको छ।

लुम्बिनी प्रादेशिक अस्पताल धागो कारखानाको क्षमता वद्धि गरी आइसीयु १८, आइसोलेन वेड ३६, एचडी बेड २० गरी कुल ७४ बेड गराइने छ। यहाँ १८९ जना स्वास्थ्यकर्मी रहेनछन्। यस्तै, केन्द्रीय आयुर्वेद दाङमा आइसीयु १०, एचडी बेड १७ र आइसोलेसन बेड ५८ गरी ८५ बेड रहने र यहाँ १७१ स्वास्थ्यकर्मी राखिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।

यस्तै, भीममा आईसीयू ५, एचडी बेड १३, आइसोलेसन ९ गरी २७ रहने र यहाँ ७१ जना जनशक्ति, भेरी अस्पतालमा आईसीयु १०, एचडी बेड ३० र आइसोलेसन बेड २० गरी ६० रहने र यहाँ १५२ जना स्वास्थ्यकर्मी राख्ने निर्णय गरिएको छ।

प्रकाशित: Sep 04, 2020| 14:40 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।