शुक्रबार, भदौ १२, २०८३

गौतम राष्ट्रिय सभाका लागि सिफारिस भएनन्

मन्त्रिपरिषद्को आजको बैठकमा राष्ट्रियसभाको रिक्त सदस्य पदमा वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय भएन।
 |  शुक्रबार, भदौ १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०७७

काठमाडौं- राष्ट्रिय सभाको रिक्त सदस्य पदमा नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई पठाउन सिफारिस गर्ने निर्णय नगरी मन्त्रिपरिषद्को आजको बैठक सकिएको छ।

आजको बैठकबाटै गौतमलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने अनुमान थियो। तर, आज उक्त प्रस्तावमा कुनै छलफल नै नभएको एक मन्त्रीले जानकारी दिए।

‘आज बैठक डाकिएपछि हामीले पनि सिफारिसको निर्णय हुन्छ भन्ने सोचेका थियौँ,’ ती मन्त्रीले भने, ‘तर, आज त्यस विषयमा कुनै छलफल नै भएन।’

सत्तारुढ दल नेकपाको बिहीबार बसेको सचिवालयको बैठकले रिक्त सदस्य पदमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय भएको थियो।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै रिक्त सदस्य पदमा गौतमलाई मन्त्रिपरिषद्ले सिफारिस गर्न लागेको बैठकलाई जानकारी गराएका थिए।

प्रकाशित: Sep 04, 2020| 15:35 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।