शुक्रबार, भदौ १२, २०८३

बुटवलमा कोरोनाबाट थप एक महिलाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा थप एक महिलाको मृत्यु भएको छ ।
 |  शुक्रबार, भदौ १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०७७

बुटवल- कोरोना भाइरसको संक्रमणबाट बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा थप एक महिलाको मृत्यु भएको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ का ६४ वर्षीया महिलाको आज (शुक्रबार) बिहान मृत्यु भएको हो ।

भदौ ४ गते उच्च रक्तचाप, मधुमेह, मिर्गौला रोग र निमोनिया देखिएपछि उनी अस्पताल भर्ना भएकी थिइन् ।

उनलाई भर्ना भएकै दिनदेखि आईसीयूमा राखेर उपचार गरिएको थियो । उनको १५ गते स्वाब संकलन गरी पठाइएकोमा १६ गते कोरोना पोजिटिभ देखिएको थियो ।

उनको शुक्रबार बिहान ८ः४५ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसअघि मुटु अस्पतालमा बिहीबार प्यूठानका एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

प्रकाशित: Sep 04, 2020| 11:23 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।