शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बागलुङ बाढी अपडेट : १४ जनाको शव भेटियो, अझै ३८ जना बेपत्ता

बागलुङ बाढी अपडेट : १४ जनाको शव भेटियो, अझै ३८ जना बेपत्ता

बागलुङको ढोरपाटन नगरपालिकास्थित सुकुर्दुङ बेखोलामा आएको बाढी र पहिरोमा बेपत्ता भएका मध्ये १४ जनाको शव भेटिएको छ।
 |  शुक्रबार, भदौ १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०७७

बागलुङ- बागलुङको ढोरपाटन नगरपालिकास्थित सुकुर्दुङ बेखोलामा आएको बाढी र पहिरोमा बेपत्ता भएका मध्ये १४ जनाको शव भेटिएको छ।

अझै ३८ जना बेपत्ता रहेको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार बेपत्ताको खोजी कार्य आज (शुक्रबार) बिहानैदेखि सुरु गरिएको छ ।

बाढीले ढोरपाटन–७, ८ र ९ वडाका ४० घर बगाएको प्रारम्भिक तथ्यांक छ । बेपत्तामध्ये शुक्रबार बिहानसम्म १४ जनाको शव भेटिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए ।

भेटिएका शवमध्ये ढोरपाटन–९ भट्टेचौरकी २६ वर्षीया केसमाया विक र लाँकुरीबोटका ४५ वर्षीय करबहादुर विकको मात्रै सनाखत भएको छ । बस्तीदेखि १५ किलोमिटर तल खोलाको तीरमा पनि केही शव भेटिएका छन् ।

अविरल वर्षासँगै बुधबार राति १२ बजे आएको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो ।

बाढीपहिरोले ३ लघुविद्युत्, ३ पानीघट्ट, सुपुर्दुङ आधारभूत विद्यालयको एउटा भवन, खानेपानीका केही धारा तथा ट्यांकी र गाउँघर स्वास्थ्य क्लिनिकको भवनसमेत बगाएको छ । एउटा पिकअप भ्यान र दुईवटा मोटरसाइकल पनि बगाएको प्रहरीले जनाएको छ ।

बाढीले खोलाको दायाँबायाँ सबै बगाएकाले बुर्तिवाङदेखि ढोरपाटन जाने सडकको अधिकांश खण्ड क्षतविक्षत भएको छ ।

उद्धार टोली पैदलै घटनास्थल पुगेको थियो । यो खण्डमा भुजीखोला किनारमै घर बनाइएकाले बढी क्षति भएको हो ।

प्रकाशित: Sep 04, 2020| 07:23 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।