नेकपा (एमाले)का उपाध्यक्ष तथा असन्तुष्ट समूहका नेता भीम रावलले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललगायत चार जना नेतालाई स्पष्टीकरण सोध्ने नैतिकता पार्टी अध्यक्ष केपी ओलीलाई नभएको दाबी गरेका छन्।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)सँगको सहकार्यमा रिभोसाइन्स मिडियाले कक्षा १०, ११ र १२ का विद्यार्थीका लागि ‘डिजाइन काठमाडौं कन्टेस्ट’ आयोजना गर्ने भएको छ।
मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशको राजकीय भ्रमणका रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच गएराति दुईपक्षीय भेटवार्ता भएको छ।