सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारलाई दिएको समर्थन माओवादीले तत्काल फिर्ता नलिने

सरकारलाई दिएको समर्थन माओवादीले तत्काल फिर्ता नलिने

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने संकेत गरेको छ। 
 |  मंगलबार, चैत १०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १०, २०७७

काठमाडौं– नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने संकेत गरेको छ। 

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्रीको चाहना मुलुक निर्वाचनमा जाओस् भन्ने रहेकाले अहिल्यै समर्थन फिर्ताको निर्णय नलिएको बताएका हुन्।

‘राजनीतिक रूपमा त हामीले पुस ५ पछि नै प्रधानमन्त्रीको राजीनामा मागेका हौं,’  मंगलबार कानुन व्यवसायीसँगको परामर्शपछि गुरुङले भने,  ‘कानुनी रूपमा समर्थन फिर्ताको टुंगो लागिसकेको छैन।’

माओवादी केन्द्रले फागुन २३ को सर्वोच्चको पुनरवलोकन गर्ने

उनले आफूहरू अहिले पनि समर्थन फिर्ता लिने वा के गर्ने भन्ने विषयमा परामर्शमा रहेको बताए। 

‘हामीले समर्थन फिर्ता लिए ओलीले ३० दिनभित्र विश्वासको मत पाउन सक्ने अवस्था नहुन सक्छ। त्यस्ताे अवस्थामा उहाँले संसद्लाई के गर्नुहुन्छ भन्ने प्रश्न छ,’ गुरुङले भने, ‘हामी संविधान र सदनको रक्षा गर्नुपर्छ भन्ने पक्षमा  छौं।’

प्रधानमन्त्रीको संसद् विघटन गर्ने पक्षमा रहेको र आफूहरू त्यसलाई रोक्ने पक्षमा रहेको उनको भनाइ छ। 

सर्वोच्चको फागुन २३ को फैसलापछि सरकार संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत रहेकाे गुरुङले बताए। उनले भने, 'अहिले प्रधानमन्त्री त्यसपछिका सबै विकल्पमा आफू मात्रै भएको र अर्का सरकार गठन हुन नसक्ने भन्ने हिसाबले अघि बढिरहेको अवस्ठा छ।'

प्रकाशित: Mar 23, 2021| 06:06 मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।