सोमबार, भदौ १५, २०८३

खुवालुङ पुगेर के भने प्रदेश १ का सांसदले ?

किराँत समुदायको आस्थाको केन्द्र मानिने खुवालुङ (पानी ढुङ्गो) को प्रदेश १ का ७ जना सांसदहरुले निरीक्षण गरेका छन्। 
 |  मंगलबार, चैत १०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १०, २०७७

विराटनगर– किराँत समुदायको आस्थाको केन्द्र मानिने खुवालुङ (पानी ढुङ्गो) को प्रदेश १ का ७ जना सांसदहरुले निरीक्षण गरेका छन्। 

सांसदहरुले खुवालुङ ऐतिहासिक सम्पदा र खासगरी किराँतीहरुको सभ्यतासँग जोडिएको आस्थाको केन्द्र भएकाले सरंक्षण गर्नु राज्यको कर्तव्य भएको औंल्याएका छन्। उनीहरुले खुवालुङ क्षेत्रको आन्तरिक र बाह्य पर्यटन प्रवर्द्र्धन गरेर राज्य र स्थानीय समुदायले प्रशस्त लाभ लिन सक्ने बताएका छन्।

विकास र पूर्वाधार निर्माण गर्दा ऐतिहासिक सभ्यतासँग जोडिएका सम्पदाहरु, धार्मिक सांस्कृतिक स्थानहरुको संरक्षण गर्दै सबैको आस्थाको सम्मान गर्नु राज्यको कर्तव्य भएको प्रदेश १ का सांसद तथा पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले बताए।  

सप्तकोशीमा जल यातायात सुचारु गर्न अन्य विकल्पहरु नखोजी सरकारले खुवालुङ फुटाउने बताएपछि सम्पदाविद्, लेखक, संरक्षणकर्मीहरु आन्दोलित बनेका छन्। सरकारले खुवालुङ नफुटाई नछाड्ने अडान देखाएपछि सत्तारुढ एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसका सांसदहरु सरकारी कदमको विपक्षमा उभिएका छन्। 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खुवालुङ संरक्षणबारे सरकार गम्भीर रहेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको योजनाको चौतर्फी विरोध भएपछि ढुंगो तत्काल नफुटाउन उनले निर्देशन दिएका छन्।
 

प्रकाशित: Mar 23, 2021| 08:10 मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।