सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माओवादी केन्द्रले फागुन २३ को सर्वोच्चको पुनरवलोकन गर्ने

माओवादी केन्द्रले फागुन २३ को सर्वोच्चको पुनरवलोकन गर्ने

नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतको फागुन २३ को फैसलामाथि पुनरवलोकन गर्ने भएको छ। 
 |  मंगलबार, चैत १०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १०, २०७७

काठमाडौं – नेकपा माओवादी केन्द्र सर्वोच्च अदालतको फागुन २३ को फैसलामाथि पुनरवलोकन गर्ने भएको छ। 

आज कानुन व्यवसायीहरूसँगको परामर्शपछि माओवादी केन्द्रले पुनरवलोकन चाँडै गर्ने जनाएको हो। 

नेता देव गुरुङले सर्वाेच्चकाे फैसलाका विषयमा कानुन व्यवसायीसँग परामर्श गरिएकाे बताए। 

‘सर्वाेच्च अदालतकाे फैसला स्वीकार्ने भन्ने थिएन,’ उनले भने, ‘चाँडाेभन्दा चाँडाे त्यसका विरुद्ध पुनरवलाेकनमा जान्छाैं।’

सर्वोच्च अदालतले नेकपाको नाम विवादमा एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काइदिएको छ। 

‘कुमार रेग्मी र बमकुमार श्रेष्ठले गरेको फैसला चित्त बुझ्दैन,’ पूर्वन्यायाधिवक्ता मुक्ति प्रधानले भने, ‘६० दिनभित्र पुनरवलोकनका लागि जान सकिन्छ, साेहीअनुसारकाे सुझाव दिइएकाे छ।’

प्रकाशित: Mar 23, 2021| 05:11 मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।