सोमबार, भदौ १५, २०८३

‘डिजाइन काठमाडौं कन्टेस्ट’ हुँदै

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)सँगको सहकार्यमा रिभोसाइन्स मिडियाले कक्षा १०, ११ र १२ का विद्यार्थीका लागि ‘डिजाइन काठमाडौं कन्टेस्ट’ आयोजना गर्ने भएको छ।
 |  मंगलबार, चैत १०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १०, २०७७

काठमाडौं - नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)सँगको सहकार्यमा रिभोसाइन्स मिडियाले कक्षा १०, ११ र १२ का विद्यार्थीका लागि ‘डिजाइन काठमाडौं कन्टेस्ट’ आयोजना गर्ने भएको छ।

नेपालभरबाट अनलाइन माध्यमबाट सहभागी हुन पाइने बौद्धिक क्षमता प्रतिस्पर्धामा आगामी वैशाख २० गतेसम्म सहभागीले निःशुल्करूपमा आवेदन दिन सक्ने छन्। 

प्रतिस्पर्धीले ‘डिजाइन काठमाडौं कन्टेस्ट’ मा एकल वा समूहगतरूपमा प्रतिस्पर्धामा भाग लिन पाउने र सहभागीले शिक्षकलाई दिशानिर्देशकका रूपमा राख्न पाउने रिभोसाइन्स मिडियाका लक्ष्मण डंगोलले बताए। 

डंगोलका अनुसार काल्पनिकरूपमा विद्यार्थीले कम्तीमा २० पानामा सहरको परिकल्पना बनाउन सक्ने छन्। 

प्रतिस्पर्धीले आफ्ना परिकल्पनामा काठमाडौं उपत्यकाको डिजाइन, भूगोल,  वास्तुकला,  समाज र सभ्यता, विज्ञानप्रविधि र संस्कृति, वातावरण र वन्यजन्तु,  नीति तथा योजना, सम्पदा क्षेत्र र संरक्षणका उपाय, अनुसन्धान तथा विकास र नवप्रवर्तन,  धर्म र शिक्षा प्रणाली,  सडक सञ्जाल र स्मार्ट प्रविधि, विज्ञान पार्क र कबर्ड हल, व्यावसायिक केन्द्र, कला तथा मनोरञ्जन, अर्थ व्यवस्थापन जस्ता उपशीर्षक समेटेर लिखित ढाँचा प्रस्तुत गर्नुपर्ने हुन्छ।

विद्यार्थीले आवेदन दिने प्रक्रिया ‘डिजाइन काठमाडौं कन्टेस्ट’ को वेबसाइटमा समावेश गरिएको छ। 

सहभागीले सोध्न सक्ने सम्भावित प्रश्न, डिजाइन तयार पार्नुपूर्व चाहिने आवश्यक खुराक वेबसाइटबाट डाउनलोड तथा अध्ययन गर्न मिल्ने आयोजक रिभोसाइन्स मिडियाले जनाएको छ।

आयोजकका अनुसार यसबाट विद्यार्थीको सिर्जना प्रस्फुटन तथा सहर विकासका लागि चाहिने आवश्यक विषयवस्तुमा उनीहरूको बुझाइ थप मजबुत हुने छ। 

यसरी परिकल्पना गर्दा उनीहरूको बौद्धिक विकास तथा विविध शोधसामग्री अध्ययन तथा शोध गर्ने क्षमता अभिवृद्धि हुने जनाइएको छ।

बौद्धिक प्रतिस्पर्धीमा विजयीले १० हजार, पाँच हजार र  दुई हजार रूपैयाँ पुरस्कार पाउने छन्।

प्रकाशित: Mar 23, 2021| 06:57 मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।