सोमबार, भदौ १५, २०८३

केराउ आयात एक वर्षपछि फुकुवा

 कोरोना नियन्त्रण गर्ने भन्दै सरकारले गत वर्ष चैतमा बन्द गरेकाे केराउ, छोकडालगायतको आयात फेरि फुकुवा गरेको छ।
 |  मंगलबार, चैत १०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १०, २०७७

काठमाडौं - कोरोना नियन्त्रण गर्ने भन्दै सरकारले गत वर्ष चैतमा बन्द गरेकाे केराउ, छोकडालगायतको आयात फेरि फुकुवा गरेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै आयात फेरि फुकुवा गरेको हो।

केराउ, छोकडा, सुपारी, नधुल्याइएको मरिच आयात गर्दा निश्चित परिमाणमा मात्रै गर्नुपर्ने मन्त्रालयले जानकारी दिएको छ।

यस आर्थिक वर्षमा केराउ आयात गर्दा ८० हजार मेट्रिक टन, छोकडा आयात गर्दा ५ हजार मेट्रिक टन, सुपारी २५ हजार मेट्रिक टन र नधुल्याइएको मरिच १५ हजार मेट्रिक टन परिमाणमा ननाघ्ने गरी आयात गर्न सकिने राजपत्रमा उल्लेख गरिएको छ।

त्यस्तै सोही राजपत्रमार्फत् ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यका सवारीसाधन आयात खुला गरेको छ।

यसअघि गत वर्ष चैतमा सरकारले कोरोना महारीमा नियन्त्रण गर्ने भन्दै लकडाउन गरेको थियो। त्यसपछि यी वस्तुको आयातमा पनि बन्देज लगाइएको थियो। 

प्रकाशित: Mar 23, 2021| 05:29 मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।