सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमालेको विधान देखाउँदै उपाध्यक्ष रावलले भने– केन्द्रीय कमिटीले यसलाई संशोधन गर्न सक्दैन

एमालेको विधान देखाउँदै उपाध्यक्ष रावलले भने– केन्द्रीय कमिटीले यसलाई संशोधन गर्न सक्दैन

नेकपा (एमाले)का उपाध्यक्ष तथा असन्तुष्ट समूहका नेता भीम रावलले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललगायत चार जना नेतालाई स्पष्टीकरण सोध्ने नैतिकता पार्टी अध्यक्ष केपी ओलीलाई नभएको दाबी गरेका छन्।
 |  मंगलबार, चैत १०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १०, २०७७

काठमाडौं– नेकपा (एमाले)का उपाध्यक्ष तथा असन्तुष्ट समूहका नेता भीम रावलले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललगायत चार जना नेतालाई स्पष्टीकरण सोध्ने नैतिकता पार्टी अध्यक्ष केपी ओलीलाई नभएको दाबी गरेका छन्।

आज मंगलबार अनेरास्ववियुले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष रावलले एमालेको फागुन २८ गतेको केन्द्रीय कमिटी बैठक नक्कली र अवैध भएको तर्क गरे।  

‘नेकपा एमालेको नवौं महाधिवेशनले पारित गरेको विधान केन्द्रीय कमिटीले संशोधन गर्न सक्दैन। विधान सम्मेलनको आयोजना गर्नुपर्छ,’ पार्टीको विधान देखाउँदै उनले भने, ‘ओलीले थपेका नक्कली केन्द्रीय सदस्य र केन्द्रीय कमिटीले हामीलाई पदाधिकारीबाट हटाउन र स्पष्टीकरण सोध्न सक्दैन।’ ओलीले स्थायी कमिटीको निर्णय नमानेर, विधि लत्याएर हिँडेकाले स्पष्टीकरण उनलाई सोध्ने कुनै नैतिकता, आधार, हैसियत नभएको जिकिर उनले गरे।

रावलले नेपाली जनताले प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्नुपर्ने बताए। नागरिकता ऐन पारित गर्न नदिएको, संसद् विघटन गरेको आदि हर्कतविरुद्ध उनलाई स्पष्टीकरण सोध्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित: Mar 23, 2021| 08:23 मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।