सोमबार, भदौ १५, २०८३

म अलमलिएको छैन, आत्तिएको पनि छैन : नेपाल

नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीसँग कुनै हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्।
 |  मंगलबार, चैत १०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १०, २०७७

काठमाडौं– नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीसँग कुनै हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्।

अनेरास्ववियुले आज मंगलबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले ओलीको चुरीफुरी प्रधानमन्त्रीको कुर्सीमा बसुञ्जेलमात्र भएको टिप्पणी गरे।

अध्यक्ष ओलीले आफूहरुलाई स्पष्टीकरण सोधेको प्रसंगमा उनले स्पष्टीकरणबाट नतर्सने र मैदान छाडेर नभाग्ने प्रष्ट पारे। ‘हामी मैदान छाडेर भाग्दैनौं। पार्टी हामी फुटाउँदैनौ, केपी ओलीले फुटाउँछन्,’ नेपालले भने।

‘मैले राजा वीरेन्द्रसँग डिल गरेको छु, ज्ञानेन्द्रसँग पनि डिल गरेको छु। गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईसँग पनि डिल गरेको छुु। केपी ओलीसँग डराउँदिन,’ नेपालले भने।  

केही सञ्चारमाध्यमले आफू अलमलमा परेको समाचार प्रकाशित गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। ‘पत्रकार मित्रहरू, तपाईंले मलाई चिन्नुभएकै रहेनछ।’ 

जस्तोसुकै परिस्थिति आए पनि आफू विचलित नहुने भन्दै उनले अहिले पनि आनन्दले सुत्ने गरेको सुनाए। 

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली राजतन्त्र फर्काउन लागिपरेको दाबी पनि नेपालले गरे। ‘तर जतिसुकै साँठगाँठ गरे पनि, प्रोत्साहन दिएर उचाल्ने काम गरे पनि इतिहास बनिसकेको राजतन्त्र फर्कंदैन। राजतन्त्रवादी शक्तिहरूले प्रोत्साहन पाएका छन्। तर हामी उनीहरूलाई परास्त गरेरै छाड्छौं,’ नेपालले भने। 

केपी ओली कम्युनिस्ट आन्दोलन विसर्जन गर्ने बाटोमा लागेको पनि नेपालले बताए। ‘ओलीले अहिले जनताको बहुदलीय जनवाद (जबज) हाम्रो हो, एमाले हाम्रो हो भनेर प्रचार गरिरहेका छन्। ओली र जबजको भेट कहिले भएको थियो ?’ नेपालले प्रश्न गरे।

पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको अवसानपछि जबजलाई समृद्ध बनाउने दिशामा आफ्नो योगदान रहेको तर ओलीसँग जबजको भेटै नभएको उनले टिप्पणी गरे। ओलीले जबजका मूल्यमान्यता, मार्गदर्शन आत्मसात् नै गर्न नसकेको नेपालले आरोप लगाए।

प्रकाशित: Mar 23, 2021| 08:35 मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।