सोमबार, भदौ १५, २०८३

जसपाले भन्यो- माग पूरा नभई ओलीलाई सहयोग गर्न सकिँदैन

जनता समाजवादी पार्टीका नेताहरूले आफूहरूले अगाडि सारेका माग पूरा नभई प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्न नसकिने प्रष्ट पारेका छन्।
 |  मंगलबार, चैत १०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १०, २०७७

काठमाडौं - जनता समाजवादी पार्टीका नेताहरूले आफूहरूले अगाडि सारेका माग पूरा नभई प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्न नसकिने प्रष्ट पारेका छन्। 

जसपाका नेताहरू आज प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए। 

‘हामीले आफ्नो मागकै विषयमा कुराकानी गरेका हौं,’ जसपा नेता लक्ष्मणलाल कर्णले भने, ‘उहाँले सहयोग गर्नुस् भन्नुभयो। हामीले माग पूरा गर्ने काम अगाडि नबढेसम्म सहयोग गर्न सक्दैनौं भनेर भन्यौं।’

प्रधानमन्त्रीले माग पूरा गर्छु मात्रै भनेको कर्णले बताए। 

जसपा अध्यक्ष महन्त ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू कर्ण र सर्वेन्द्र नाथ शुक्ल बालुवाटार पुगेका थिए।

जसपाले संविधान संशोधन, रेशम चौधरी लगायत जेलमा रहेका नेता कार्यकर्ताको रिहाइ र मुद्दा प्रक्रिया फिर्ता लिनुपर्ने माग अगाडि सारेको छ। 

प्रकाशित: Mar 23, 2021| 07:09 मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।