सोमबार, भदौ १५, २०८३

राष्ट्रपति भण्डारी र समकक्षी हमिदबीच भेटवार्ता

मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशको राजकीय भ्रमणका रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच गएराति दुईपक्षीय भेटवार्ता भएको छ।
 |  मंगलबार, चैत १०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १०, २०७७

ढाका - मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशको राजकीय भ्रमणका रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच गएराति दुईपक्षीय भेटवार्ता भएको छ।

भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बंगलादेशका विदेशमन्त्री डा एके अब्दुल, बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रलगायत दुवै देशका उच्चपदस्थ अधिकारी सहभागी थिए।

भेटवार्तापछि उनीहरू राष्ट्रपति हमिदले सोही भवनमा आयोजना गरेकाे सांस्कृतिक कार्यक्रम र रात्रिभोजमा सहभागी थिए।

बंगलादेशको राष्ट्रपति निवास बंग भवनमा सोमबार राति भएको भेटवार्तापछि उनीहरूको उपस्थितिमा दुई देशबीच पर्यटन, संस्कृति, स्यानिटाइजेसन र ट्रान्जिटका विषयमा समझदारीपत्र आदानप्रदान भएको थियो। 

बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बंगलादेशी राष्ट्रपति हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान ढाका आएकी थिइन्। 

राष्ट्रपति भण्डारीले ढाकास्थित ‘नेसनल परेड स्क्वायर’मा आयोजित ‘नेपाल-बंगलादेश सम्बन्ध र बंगबन्धुको जन्म शतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रूपमा सम्बोधन गरेका थिए।

सो अघि बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले पनि राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेकी थिइन्। रासस

प्रकाशित: Mar 23, 2021| 01:20 मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।