कोभिड–१९का कारण गत वर्ष चीनबाट फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका छन्।
जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो पार्टीका नेता, कार्यकर्ताको रिहाइका लागि गृहकार्य सकारात्मक रुपमा अगाडि बढेको बताएका छन्।
राजनीतिक विश्लेषक डा. लोकराज बराल माओवादी केन्द्र जसपाले निर्णय गरेपछि ओलीलाई दिएकाे समर्थन फिर्ता लिने र कांग्रेससँग मिलेर सरकार बनाउने पक्षमा देखिएको बताउँछन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दार्चुला सदरमुकाम पारिपट्टि महाकाली नदीमा भारतले एकतर्फी रुपमा बनाउँदै गरेको तटबन्ध निर्माण तत्काल रोक्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएको छ।