सोमबार, भदौ १५, २०८३

ओली सरकार रहेसम्म संसद्को अपमान अझै बढ्छ : गगन थापा

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले केपी शर्मा ओली नेतृत्वको सरकार रहेसम्म संसद्को अपमान र तिरस्कार अझै बढ्ने बताएका छन्। 
 |  मंगलबार, चैत १०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १०, २०७७

काठमाडौं– नेपाली कांग्रेसका नेता गगनकुमार थापाले केपी शर्मा ओली नेतृत्वको सरकार रहेसम्म संसद्को अपमान र तिरस्कार अझै बढ्ने बताएका छन्। 

थापाले मंगलबार संसद् बैठकमा सम्बोधन गर्दै भने, ‘जति दिन यो सरकार रहन्छ, संसद्को अपमान, तिरस्कार उपेक्षा गर्ने काम अझ बढ्दै जान्छ।’ उनले प्रधानमन्त्री ओलीलाई यो संसद्सँग बदला लिनु रहेको बताए। 

थापाले संसद्को गरिमा कायम राख्न आफ्नो ठाउँबाट डटेर लड्ने बताए। उनले भने, ‘हामी हाम्रो ठाउँबाट डटेर संसद्को गरिमा कायम राख्नका निम्ति लड्नेछौं, बाँकी जिम्मा जनताको, यथोचित समयमा जनताले यसको हिसाबकिताब गर्नेछन्।’

थापाले अहिले संसद् र लोगो लगाउने केही थान सांसदको तिरस्कार र उपेक्षा नभई जनताको उपेक्षा गरिएको बताए। उनले भने, ‘यो ती जनताको अपमान हो जसले हामीलाई सांसद बनाएका छन्।’

उनले  अपमानको बदला जनताले लिने पनि बताए। प्रतिनिधिसभा भंग गर्ने सनक सही थियो भन्ने स्थापित गर्नका लागि संसद्लाई कामविहीन बनाउने प्रपञ्च भइरहेको आरोप उनको छ।

उनले भने, ‘हामी काम गर्न तयार छौं। एसिड आक्रमणकारीलाई नियन्त्रण गर्ने कानुन बनाउन दिइएन भनेर हल्ला गर्ने तर संसद्लाई एएटा विधेयक पनि नदिने अनि विधेयकलाई कानुन बनाउन चाहिने राष्ट्रिय सभाको बैठक नबोलाउने?’

प्रकाशित: Mar 23, 2021| 08:49 मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।