सोमबार, भदौ १५, २०८३

बंगलादेशबाट फर्किन् राष्ट्रपति भण्डारी

बंगलादेशको राजकीय भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्केकी छन्। 
 |  मंगलबार, चैत १०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १०, २०७७

काठमाडौं– बंगलादेशको राजकीय भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्केकी छन्। 

हिजो सोमबार बंगलादेश गएकी राष्ट्रपति आज साँझ स्वदेश फर्केकी हुन्। भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच दुईपक्षीय भेटवार्ता भएको थियो।

भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बंगलादेशका विदेशमन्त्री डा एके अब्दुल, बंगलादेशका लागि नेपाली राजदूत वंशीधर मिश्रलगायत दुवै देशका उच्चपदस्थ अधिकारी सहभागी थिए।

भेटवार्तापछि उनीहरू राष्ट्रपति हमिदले सोही भवनमा आयोजना गरेको सांस्कृतिक कार्यक्रम र रात्रिभोजमा सहभागी थिए।

बंगलादेशको राष्ट्रपति निवास बंग भवनमा सोमबार राति भएको भेटवार्तापछि उनीहरूको उपस्थितिमा दुई देशबीच पर्यटन, संस्कृति, स्यानिटाइजेसन र ट्रान्जिटका विषयमा समझदारीपत्र आदानप्रदान भएको थियो। 

बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बंगलादेशी राष्ट्रपति हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान ढाका आएकी थिइन्। 

राष्ट्रपति भण्डारीले ढाकास्थित ‘नेसनल परेड स्क्वायर’मा आयोजित ‘नेपाल–बंगलादेश सम्बन्ध र बंगबन्धुको जन्म शतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रूपमा सम्बोधन गरेका थिए।

त्यसअघि बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले पनि राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेकी थिइन्।
 

प्रकाशित: Mar 23, 2021| 12:33 मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।