सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, मुख्य एजेन्डा महाधिवेशनको कार्यतालिका

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, मुख्य एजेन्डा महाधिवेशनको कार्यतालिका

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
 |  बुधबार, चैत ११, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ११, २०७७

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार चैत २० गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो। 

बैठकको एजेण्डा १४ औं महाधिवेशनको कार्यतालिका रहेको पौडेलले जानकारी दिए। आगामी भदौ ७ गतेदेखि गर्ने गरी महाधिवेशनको मिति तोकिएको छ। तर, महाधिवेशनको तयारीका लागि ल्याइएको कार्यतालिका अनुसार काम हुन सकेको छैन।  

चैत १० गतेभित्र क्रियाशिल सदस्यता बुझाइसक्नुपर्ने गरी समयसीमा तोकिएको थियो। तर, सबै जिल्लाले क्रियाशील सदस्यको विवरण सफ्टवेयरमा इन्ट्री गरेका छैनन्। अझै ९ जिल्लाले विवरण भर्न थालेका छैनन्। 

कांग्रेसले १४ औं महाधिवेशनसम्ममा १० लाख क्रियाशील सदस्य पु¥याउने नीति लिएको छ। सोही अनुसार क्रियाशील सदस्यता नवीकरण र वितरण गरिए पनि हालसम्म करिब ४ लाखको मात्रै विवरण केन्द्रीय कार्यालयले प्राप्त गरेको छ।  

सोमबारको पदाधिकारी बैठकमा समेत क्रियाशील सदस्यताका बारेमा छलफल भएको थियो। बैठकमा केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले भएका काम र समस्याका बारेमा ब्रिफ गरेको थियो। 

क्रियाशील सदस्यता बुझाउने मिति घर्किइसकेकाले केन्द्रीय समितिको बैठकले म्याद थप गर्ने निर्णय लिने बताइएको छ। यस्तै बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा समेत छलफल हुनेछ।

प्रकाशित: Mar 24, 2021| 07:06 बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।