सोमबार, भदौ १५, २०८३

वैशाखदेखि एमाले मुख्यालय थापाथलीमा

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पार्टीको नयाँ कार्यालय भवनको निरीक्षण गरेका छन्।
 |  बुधबार, चैत ११, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ११, २०७७

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पार्टीको नयाँ कार्यालय भवनको निरीक्षण गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका ओली आज एमाले मुख्यालय सर्न लागेको थापाथली पुगेर त्यसको निरीक्षण गरेका हुन्।

धुम्बाराहीमा रहेको पार्टी कार्यालय थापाथलीस्थित सञ्जय अग्रवालको घरमा सर्न लागेको हो।

प्रधानमन्त्री विशेष आर्थिक सल्लाहकार मोतिलाल दुगडका अनुसार आगामी वैशाख १ गतेबाट पार्टी कार्यालय नयाँ ठाउँमा हुनेछ।

प्रधानमन्त्रीलाई नयाँ पार्टी कार्यालय देखाएपछि पत्रकारहरुसँग कुराकानी गर्दै दुगडले भने, ‘धुम्बाराहीमा साँघुरो भइरहेको थियो। हाइवेबाट नजिकै भएकोले डिस्टर्ब हुने र अनि अपायक ठाउँमा पनि थियो। त्यसैले अर्को ठाउँ खोजिरहेका थियौं। नयाँ ठाउँमा प्रधानमन्त्रीज्यूलाई पनि मन पर्यो। अब वैशाख १ गतेबाट पार्टी कार्यालय यहाँ सर्छ।’

घरधनीसँग ५ वर्षका लागि सम्झौता गरिएको जानकारी दुगडले दिए। तर भाडा रकम भने खुलाएनन्। ‘घरधनी मेरो चिनजानको साथी र पारिवारिक नातेदार पनि हो। भाडा जति दिए पनि लिनुहुन्छ। नलिन पनि सक्नुहुन्छ। उहाँले पार्टीलाई सहयोग गरेजस्तै हो,’ दुगडले भने। यद्यपि पार्टीले तिर्न सक्ने भाडा तिर्ने उनले बताए। ‘१०–२० लाख त अफोर्ड गर्न सक्दैन पार्टीले। न्यूनतम भाडा दिन्छौं,’ उनले भने। 

सय वटाभन्दा गाडी अटाउन सक्ने ४ रोपनीमा बनेको भवनमा सबै सुविधायुक्त छ। आफ्नै पहलमा नयाँ ठाउँ फेला परेको भन्दै उनले बल्खुमा पनि दुई वर्षभित्र नयाँ पार्टी कार्यालय तयार हुने बताए।

धुम्बाराहीमा रहेको कार्यालय खाली गर्न प्रतिष्ठानले आग्रह गरेपछि एमालेले पार्टी कार्यालय सार्न लागेको हो।

प्रकाशित: Mar 24, 2021| 07:29 बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।